

आयुस निरौला, बिर्तामोड ।

नेपाल अादिवासी जनजाति महासंघले बन्द उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । आदिवासी जनजाति महासंघले लोक सेवा आयोगको विभेदकारी विज्ञापन खारेज गर्नुपर्ने, समाबेशी आरक्षण कायम गर्नुपर्ने माग राख्दै बन्दको आह्वान गरेको छ ।



बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी तोडफोड गरेको प्रहरीले जानएको छ । तोडफोडका क्रम बसको अगाडिको सिसा फुटेको छ ।





