CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रोट्रयाक्ट क्लब अफ लमजुङको नया कार्यसमिति चयन

फेटा GP PSA
1,140
सिम्रौन्गढ़ नपा psa

लमजुङ । रोट्रयाक्ट क्लव अफ लमजुङको रोटा वर्ष २०१९/२० का अध्यक्ष लक्ष्मी श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । १३ औं पदस्थापन कार्यक्रममा क्लबका लागि रोटा वर्ष २०१८/१९ का अध्यक्ष सुजन श्रेष्ठले अध्यक्ष  श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा गरिएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

रोट्रयाक्ट क्लव अफ लमजुङको रोटा वर्ष २०१९/२० का अध्यक्ष लक्ष्मी श्रेष्ठ
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पदभार ग्रहण गर्दै अध्यक्ष लक्ष्मी श्रेष्ठले आफ्नो कार्यकालमा व्यक्तत्व विकासका साथै तालिम, सामाजिक सेवा लगायत आन्तरिक उत्सव, कार्यक्रम एवं अन्तर्राष्ट्रिय साझेदारिमा गरिने कार्यक्रमका योजना प्रस्तुत गरेकी थिइन् ।

यसअघि क्लवको साधारण सभाले रोटा वर्ष २०१९/२० का लागि चयन गरेको नयाँ कार्यसमितिले पनि पदभार ग्रहण गरेका छन् ।

Karaiya Mai Notice Winter

लक्ष्मी श्रेष्ठको अध्यक्षता रहने सो कार्यसमितिमा सुजन श्रेष्ठ निवर्तमान अध्यक्ष, सचिव सन्दिप गुरुङ, कोषाध्यक्ष मेनुका तिवारी रहेका छन् ।

यसैगरी क्लवको प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्धित्तिय उपाध्यक्षमा मञ्जु लोहोनी, सहसचिवमा विना थापा रहेका छन् भने क्लव सर्भिस डाईरेक्टरमा मिलन कमली, कम्युनिटी सर्भिस डाईरेक्टरमा रविन गुरुङ, इन्टरनेशनल सर्भिस डाईरेक्टरमा गिता न्यौपाने, प्रोफेशनल सर्भिस डाईरेक्टरमा क्षितिज पौडेल रहेका छन् ।

क्लवको प्रमोशन अफिसरमा शान्ता कमली, आईटी अफिसरमा मुकेश कुँवर, साप कोर्डिनेटरमा सुशिला केसी रिमाल र सचेतकमा आशा गुरुङ रहेका छन् ।

रोटरी क्लव अफ लमजुङको युवा स्वयं सेवकको रुपमा सन २००७ मा रोट्रयाक्ट क्लव अफ लमजुङ स्थापना भएको थियो । क्लवले व्यक्तित्व विकास, सामाजिक सेवासँगै विविध आन्तरिक कार्यक्रम तथा अन्तर्राष्ट्रिय गतिविधि सञ्चालन गर्दै आएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश