CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नोकरी गुमाएका शिक्षक पुगे मुख्यमन्त्रीको शरणमा

फेटा GP PSA
536
सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर
प्रदेश नं.एक का अस्थायी /करार शिक्षक आन्दोलन समितिले पुनर्बहाली गर्नु पर्नेभन्दै मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएको छ।
शिक्षकहरुले पुनर्बहाली गरि रोजिरोटिको ग्यारेन्टी गर्न मुख्य मन्त्रीको कार्यालय अगाडि प्रदेश भरिका अस्थायी / करार शिक्षकहरु चार दिन देखि धर्नामा बस्दै आइरहेको छ। देश भरमा मा. बि., नि. मा. बि. र प्रा. बि. गरि जम्मा २७ हजार अस्थायी / करार शिक्षकहरु २०७५ असार २९-३० गतेको परिक्षामा सामेल भएको थियो। जसमा मध्ये १४ हजार उतिर्ण भएको थियो भने १३ हजार जति अनुत्तीर्ण भएको थियोे ।अहिले प्रदेश भरिमा जम्मा १३ सय अस्थायी शिक्षकहरु पुनर्बहालीको माग गर्दै बिगत ६ महिना देखि आन्दोलन गर्दै आई रहेको छ। रास्ट्रको शिक्षा नीति अनुरुप देश भरिका सम्पुर्ण अस्थायी शिक्षकहरुले युवा उमेरदेखि आफ्नो जिवनको महत्त्वपूर्ण समय शिक्षा क्षेत्रमा लगानी गरि दक्ष जनशक्ति उत्पादनको लागि बर्षौ – बर्ष देखि अस्थायी रूपमा रास्ट्रलाई योग्दान गर्दै आएरहेको थियो। अस्थायी शिक्षकहरुलाई स्थायी गर्नका लागि विभिन्न चरणको आन्दोलन पश्चात नेपाल सरकार , नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक आन्दोलन समितिको बिच विभिन्न चरणको सम्झौता भइ साधारण प्रक्रियाबाट परिक्षा लिई स्थाई गर्ने भनिए पनि पाठ्यक्रम बाहिरको प्रशन पत्र हालेर शिक्षकलाई षड्यन्त्रपुर्ण असक्षम र अयोग्य बनाउने काम भएको आरोप शिक्षकहरुको रहेको छ।
शिक्षा ऎनको आठौं र नवौं संशोधनद्धारा सम्पुर्ण अस्थायी शिक्षकलाई सेवाबाट अबकाश दिने परिश्थिति सृजना भइ रहेकोे बेला अस्थायी शिक्षकहरुको जागीरलाई सुरक्षित गरि दिन हुन आबस्यक पहलको लागि प्रदेश सरकारलाई आग्रह गर्दै सात दिनको लागि आन्दोलन स्थगित गरेको हो।उहाँहरुले प्रदेश भरिका सम्पुर्ण अस्थायि शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हद सम्म सेवाबाट नहटाई काम गर्ने अबसर दिनुपर्ने , र ओषधी उपचारको ब्यबस्था गर्नु पर्ने माग सहित आन्दोलन गर्दै आई रहेको छ।भोला आधारभुत बिद्यालय दुहबी ३ सुन्सरी का शिक्षिका दिलमाया भुजेलले हामिले पाएको अब्सर पनि यो सरकारले खोसेर हामीलाई असक्षम घोषणा गरिदिएको छ जसबाट हामी समाजमा अपहेलित भाइरहेक छौ ।हामी मानसिक समस्या बाट गुज्रिरहेको बताउनु भयो। केन्द्रको अधिकार काटेर प्रदेशले लागू गरियोस हामीलाई छिटोभन्दा छिटो बहाली गरि रोजिरोटिको ग्यारेन्टी गर्नु पर्ने माग शिक्षकहरुको रहेको छ।त्यसै गरि प्रदेश प्रमुख शेरधन राइले अस्थायी शिक्षकहरुको लागि सकारात्मक पहल गर्ने आश्वासन दिदै उहाँले हामी प्रदेश्मा यो बिषयमा छलफल गर्ने बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश