CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रशासनको कमजोरीले वीरगन्जमा चोरीको घटनामा वृद्धि,

फेटा GP PSA
597
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज (पर्सा), १८ साउन ।

वीरगन्जमा चोरीको घटनामा वृद्धि भएको छ । चोरीको घटनामा बृद्धि भए पनि पर्सा प्रहरीले चोरहरुलाई प्रकाउ गर्न सकेको छैन । रातीको समयमा प्रहरीको गस्तीमा कमी आए पछि चोरीको घटनामा वृद्धि भएको नगर वासीहरुको गुनासो छ । पछिलो एक सातामा वीरगन्ज बजारमा चोरीको घटना बढेको हो । एक सत्ता भित्र आधा दर्जन भन्दा बढीको चोरी घटना भएको बुझिएको छ । चोरीको घटना बढेपछि अहिले वीरगन्जका ब्यपारी पर्सा प्रहरीले दिएको शान्ती सुरक्षा माथी प्रशन खडा भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वीरगन्ज महानगरपालिकाको वडा नं. ११ रानीघाट स्थित डाक्टर अगेन्द्र यादवको क्लिनिक नजिक रहेको मुन्ना ज्वेलर्समा शुक्रबार राती चोरी भएको छ । मुन्ना ज्वेलर्स सुनचाँदी पसलबाट २ सय ग्राम सुन, दश किलो चाँदी र एक लाख ५० हजार नगद रुपैया चोरी भएको ज्वेलर्सका संचालनक मुना साह सोनारले बताए । चोरहरुले छत माथीबाट पसलको पछाडी रहेको भेन्टिलेसन फुटाई पसलमा प्रवेश गरि २२ लाख बराबरको चोरी गरेका छन ।

पलसमा रहेको सिसि केमरा चोरीहरुले फोडेर चोरीका गरेका छन भने सिसी केमराको एलसिडिमा तेजाब खन्याई दिएका छन । चोहरुले रानीघाट कै प्रकाश पुस्तक पसल र नागेश्वर चौधरीको पसलमा चोरी गर्न प्रयास गरे पनि विफल भएको पाइएको छ । केही दिन पहिला वीरगन्ज लिन्क रोड स्थित कुम्भु होटल नजिक रहेको एक बैट्री पसलमा, आर्दशनर गिता मन्दिर नजिक रहेको पेन्ट पसल, रानीघाट एउटा घरमा लगायतका ठाउँमा चोरी भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश