CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भोजपुरी भाषाको विकासको लागि गम्भीर छैन प्रदेश सरकार : प्रसस समिर

भोजपुरी टाइम्सको पाचौं बार्षिकोत्सव सम्पन्न

फेटा GP PSA
743
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

नेपालको एक मात्र भोजपुरी टाइम्स दैनिक मध्य तराईको वीरगंजबाट भोजपुरी भाषामा प्रकाशित हुदै आएको पत्रिकाको पाचौं बार्षिकोत्सव कार्यक्रम आज एक भव्य समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद महमद समिरले भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्सले हाम्रो पहिचान बढाएको वताए । पत्रिकाको प्रगतिको लागि सुभकामना दिदै सांसद समिरले पत्रिकाले भोजपुरी भाषको बिकास र जर्गेना हेतु पनि भुमिका खेलेको वताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भोजपुरी भाषाको विकासको लागि प्रदेश सरकार गम्भीर नरहेको वताउदै सांसद समिरले संसदमा आफुले अवाज उठाउने समेत वताए । बारा जिल्लाको कलैया स्थित दास गेष्ट हाउसमा भएको कार्यक्रम बिधायक समिरले भाषाको बिकासको लागि प्रदेश सरकारको भुमिका महत्वपूर्ण हुनु पर्नेमा केही गर्न नसकेको उनको गुनासो थियो । रेडियो नेपालबाट प्रसारण हुदै आएको मैथली र भोजपुरी भाषाको कार्यक्रम बन्द गर्नु कार्य प्रति आपति जनाउदै उनले तत्काल संचालन गर्नु पर्ने माग समेत गरे । मुलुक संघियतामा गइसकेकोले झन कार्यक्रमको अवधी बढाउनु पर्ने बन्द गर्नु कार्य संघियता माथीको नै प्रहार भएको उनको कथन थियो ।

तत्काल कार्यक्रम संचालन गर्नुको साथै कार्यक्रमको अवधि बढाउनु पर्ने उनको माग थियो । नेकपा नेता समेत रहेका सांसद समिरले पत्रकारहरुले तिनै तहको सरकारको बिकास निर्माणको कार्यको अनुगमन गर्नु पर्ने वताए । उनले भने ‘पत्रकारहरुले तिनै तहको विकास निर्माणको कामको अनुगन गरी सहिको सहि र गलतको गलत बाहिर ल्याउनु पर्छ’ । हाल सम्मको बदलाव पत्रकारहरुको सहयोगले नै आएको बताउदै उनले पत्रकारको सहयोग विना समृद्धि असम्भव रहेको वताए ।

Karaiya Mai Notice Winter

कार्यक्रमका बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले अहिले ठूलो पत्रिकाहरु भन्दा सानो पत्रिकाहरुले यर्थात सुचना प्रभाव गरेको वताए । ठूलो पत्रिकाहरु केन्द्रममा बढी केन्द्रित हुने गरेको वताउदै उनले सानो पत्रिकाहरुले स्थानिय स्तरको यार्थत सुचना सार्ने काम गरेको वताए । उनले हाम्रो समाजमा केही हिन्दी भाषाको सामन्तीहरु रहेका कारण भोजपुरी भाषा ओलझेलमा परेको वताए । भारतको लखनउबाट प्रकासित भोजपुरीया अमनका सम्पादक डा. जनाद्र्धन सिंहले भोजपुरी भाषामा प्रकासित पत्रपत्रिकाले भोजपुरिया सामाजलाई जोडन पनि काम गरेको वताए ।

बिश्व भोजपुरी परिषदका महासचिव डा. मनु रायले पत्रकारिता समाजको यर्थात चित्ररण गर्ने माध्य भएकोले भोजपुरी भाषाबाट प्रकासित पत्रिकाले भोजपुरी भाषाको बिकासमा भुमिका खेलेको वताए । पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाराका उप प्रमुख पवन व्याहुत, नेकपाका युवा नेता मुकेश साह, भोजपुरी समाज शिवान भारतका जिल्ला अध्यक्ष विकास कुशवाहा, नेपाल पत्रकार महासंघका प्रदेश नं. २ का सदस्य सिकेन्द्र पासवान, पर्साका सचिव युवराज खड्का, बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डे, गोपाल सेवा समिति बाराका अध्यक्ष जंग बहादुर यादव लगायतका मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले गरेका थिए ।

कार्यक्रमका सहभागि तथा अतिथीहरुलाई पत्रिकाका सम्पादक श्रवण साहले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पत्रकारिता तर्फ बाराका बशिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ, ग्रामिण पत्रकार रामेश्वर मेहता र भोजपुरी साहित्यकार रामप्रसाद साह, बाल साहित्यकार प्रवेश कुमार यादव लाई सम्मान गरिएको थियो । पत्रिकाको बार्षिकोत्सवको अवसरमा पत्रिका संग आवद्ध व्यक्तिहरुलाई कदर पत्र समेत प्र्रदान गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश