CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा झुण्डिएर आत्महत्या गर्नेको संख्या ५१

फेटा GP PSA
600
सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

गणेश कुमार शर्मा
सिरहा,भदौ ९ गते । सिरहा जिल्ला भरीमा आत्महत्याका घटनामा वृद्धि भएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा सिरहा जिल्लाका विभिन्न स्थानमा आत्महत्या गर्नेको संख्या ८८ छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिल बोहरनका अनुसार गत आर्थिक वर्षमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ५१ छ भने ३७ जनाले विष सेवन गरी आत्महत्या गरेका छन्।गत आर्थिक बर्ष २०७४÷०७५ मा झुण्डिएर आत्महत्या गर्नेको संख्या ४० जना छ भने २२ जनाले विष सेवन गरी जम्मा ६२ जना आत्महत्या गरेका छन् ।
आत्महत्याका कारण
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिल बोहरनका अनुसार पारिवारिक बेमेल, प्रेममा असफलताको अनुभुति, बेरोजगारी, आर्थिक उपार्जनमा असपलताको अनुभुति, मानसिक असन्तुलन, पारिबारीक एबं घरेलु हिंसाबाट निरन्तर पिडित हुनु, पारिवारिक एबं सामाजिक प्रतिष्ठामा आघात परेको महसुस गर्नु ,बिगतमा गरेका गल्तिबाट आत्मग्लानी हुनु, आत्मा संयमताको अभाव आदी आत्महत्याका कारण हुन् ।
आत्महत्याका पुर्व लक्षणहरु

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश


प्राय एकान्तमा बसी टोलाई रहनु , सामान्य कुरामा पनि रिसाउने,झर्कने,आवेसमा आउने जस्ता अश्वभाविक ब्यबहारहरु देखाउनु , लागु औषध ,मादक पदार्थ एबं खैनि,चुरोटको अत्यधिक सेवन गर्दै जानु, समयमा खान पिन नगर्नु र नसुत्नु, मानसिक सन्तुलन ठिक नभए जस्तो देखिनु, विधार्थी भए विधालय समयमा नजाने र दिउंसै पर्कने गर्नु, साथि संगतिसंग घुलमिल नहुनु, पढ्न ध्यान नदिनु, बिलासिताका सामानहरु जस्तो मोवाईल बढी खेलाउनु, केहीले उत्तेजित र भावुक हुने किसिमका फिल्महरु हेर्नु, आफ्ना सर–सामानहरु ठिक ठाउमा नराख्नु, अनुहारमा नैरास्यता देखाई टोलाउनु, जीवनको असफलता, हिनता वोधभएको जस्ता कुराहरु र कतै कापी, नोटबुकमा लेख्ने र लुकाउने गर्नु, आफ्नो परिवार र काम प्रति उदासिन हुनु, जीबन प्रतिको नैराश्यताका कुराहरु नजिकका मानिसहरुसंग गर्नु ,प्रायशः दुब्लाउंदै जानु आदी आत्म(हत्याका पुर्व–लक्षणहरु हुन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश