CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला लाई खुल्ला दिशामुक्त घोषणा गर्न बाराली पत्रकारहरु द्वारा गर्यो जिल्ला स्तरिय अनुगमन

फेटा GP PSA
647
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

बारा जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोष्णा हुने तरखरमा रहेको समय जिल्लामा वास्तविक केकस्तो अवस्था रहेको बारे सरसफाई तथा स्वक्ष्ता समन्वयकर्ताले के कतिको घरमा ट्वाइलेट वनेको वारे अनुगमन गरि रहदा आज डिवासिसी का अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक तथा डिवास सिसीका अध्यक्ष नवलकिशोर सिहको नेतृत्वमा बाराका संचारकर्मीहरुले विभिन्न ठाउमा स्थलगत अनुगमन गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आज बारा जिल्लाको सदरमुकाम कलैया उप-महानगरपालिकाको विभिन्न वाडाहरुमा अनुगमन गरेका थिए । बिभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुले कलैया उप-महानगरपालिकाको वडा नम्बर १० र २० मा स्थलगत अनुगमन निरिक्षण गरेका छन् । डिवास सिसीको निर्णय अनुसार बारा जिल्लालाई भदौ ३० गते खुल्लादिशामुक्त जिल्ला घोषना गर्नुपर्ने लक्ष्य रहेको हुदा सो लक्ष्य पुुरा गर्नका लागि समुदायमा दवाव श्रृजना गर्ने र समयमा नै शौचालय निर्माण गर्नमा प्रेरित गर्ने उदेश्यले सो अनुगमन गराईएको जिल्ला समन्वय समितिका संयोजक तथा डिवास सिसीका अध्यक्ष सिहले जानकारी दिनुभयो ।

Karaiya Mai Notice Winter

महाअभियानमा जिल्लाबासीहरुको सहयोग पाए मात्र सफलता हासिल गर्न सक्ने सिहले भन्नुभयो । बसतपुर, मटिअरवामा अनुगन गरिएको छ । टोलीले अनुगमन गर्ने क्रममा वडा नम्बरमा २० बसतपुरमा जम्मा ११४० घरधुरी मध्ये ५० वटा मात्र बाकी रहेको वडाअध्यक्ष म. इमामुदीन अंसारी संग अनुगमन गरिएको हो ।  वडा नम्बर बसतापुरमा वडा सदस्य रामनिवास साह, नैनादेवी त्यसैगरि वाडा न. १० मटिअरवामा जम्मा ९३२ घरधुरी मध्ये १०० वटा घरधुरी मात्र बाकि रहेको वाडा अध्यक्ष शंकर प्रशाद गुप्ता, वाडा सचिव खेदु मिया २० गते सम्ममा सबै चर्पी निर्माण गरिसक्ने तथा पोस्ट ओ डीएफमा पूर्ण रुपले निर्माण गरिसक्ने प्रतिबद्धता गरेका छन् । खास गरि दलित र आर्थिक अवस्था कमजोर भएको केहि व्यक्तिहरुको चर्पी निर्माण गर्न बाकी रहेको हुदा वडा कार्यालयले सिट, प्यान तथा मिस्त्री समेत निशुल्क रुपमा उपलब्ध गराएको हो ।

टोलीमा नेपाल पत्रकार महसंघका प्रदेश नम्बर २ का सदस्य तथा रेडियो नेपालका बारा संववादाता सिकेन्द्र पासवान, राससका सत्यप्रसाद श्रेष्ठ, साझेदारी दैनिकका सुजित अर्याल, एभी न्यूज टेलीभिजनका संववादाता अजय साह, बिस्वास एफएमका प्रवन्धक निर्देशक साजिर मंसुर, कृपा दैनिकका दुस्यान्त चौधरी, सिआइएन नेपाल अनलाईनका संचालक अनिल बर्मा, संशकार एफएमका प्रबन्ध निर्देशक अनिल गौरव लगायतको अनुगमनमा सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश