CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेशको राष्ट्र व्यापी कार्यक्रम सम्पन्न( फोटो फिचर )

फेटा GP PSA
1,031
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,११ असोज बिश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेश नेपालले राष्ट्र व्यापी कार्यक्रम सम्पन्न गरेको छ । भिजिट मधेश पर्यटन दिवसमा देशको २० भन्दा बढी जिल्लाहरु तथा ५ वटा प्रदेश एकै साथ पर्यटन प्रवद्र्धनको लागि बिभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । भिजिट मधेश अभियानका अभियन्ताहरुले पर्यटकिय स्थलको सरसफाई,विदेशी पर्यटकलाई स्वागत देखि लिएर अन्तक्रिया कार्यक्रम तथा कार्यपत्र प्रस्तुत गर्ने सम्म कार्यक्रमहरु सम्पन्न गरेको छ । भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक, जिल्ला संयोजकहरु तथा प्रदेशिक टिमहरुको बिशेष पहलमा बिभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरु सम्पन्न गरेको भिजिट मधेश नेपाल अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बताउनु भयो ।

 

स्वयमभु नाथ मन्दिर सरसफाई
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अभियान अन्तर्गत काठमाण्डौं उपत्यका संयोजक सुनिता रौनियारको नेतृत्वमा काठमाण्डौंको स्वयमभु नाथ मन्दिर सरसफाई गरिएको थियो । उक्त कार्यक्रममा अजय प्रताप साह, प्रयुसा थिंग, साधना बिराजी,हंशा साह,नबिन सर्राफ,कुण्दन साह लगायतका सहभागीता रहेको थियो । त्यसै गरी राष्ट्रिय समिति सदस्य बैजनाथ साहको नेतृत्व र पर्यटन राज्य मन्त्री सुरेश मण्डल प्रमुख आथित्यमा जनकपुर धामको राजदेवी मन्दिरको सरसफाई गरिएको छ । त्यसै गरी वीरगन्जमा अभियानको राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफको द्वारा पर्यटन प्रवद्र्धनको बिषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

शनि मन्दिरको सरफाई
Karaiya Mai Notice Winter

वीरगन्जको होटल मकालुमा वीरगन्ज महानगरपालिका तथा भिजिट मधेश नेपालको सयुक्त आयोजनामा सम्पन्न अन्तक्रियामा कार्य पत्र उपर बिषेश छलफल भएको थियो । त्यसै गरी अभिन्ताहरुले माईस्थानमा रहेको गहवा मन्दिरको सरफाई पनि गरेका थिए । दिपु वर्णवालको संयोकत्वमा सम्पन्न भएको कार्यक्रममा अधिवक्ता विनोद पटेल कुर्मी,श्याम सर्राफ, संजय पटेल लगायको सहभागीता रहेको थियो । त्यसै गरी दिवसको अवसरमा नेपालको प्रमुख प्रवेश द्वार शंकराचार्य गेटमा फ्रान्सका पर्यटकलाई स्वागत तथा सम्मान गरिएको थियो । दिवसको अवसरमा प्रदेश नं. ५ का संयोजक आषिस गुप्ताको नेतृत्वमा नेपालगंञ्जको वागेश्वरी मन्दिर सरसफाई गरिएको थियो । प्रदेश १ सुनसरीको रामधुनीमा जिल्ला संयोजक सुशिल राजभरको नेतृत्वमा सफाई गरियो ।

त्यसै गरी प्रदेश नं. २ की सह–संयोजक सुनिता साहको नेतृत्वमा सप्तरीमा शनि मन्दिरको सरफाई गरिएको थियो । सिरहामा सिरहा जिल्ला संयोजक शिवकुमार साहको नेतृत्वमा सिरहाको राजदेवी मन्दिर,सर्लाहीमा नेशनल टिम मेम्बर सुनिल साह भन्छाको नेतृत्वमा डुमडुमे मन्दिर सरफाई गरिएको थियो । सर्लाहीमै जिल्ला संयोजक राजेश कुशवाहा र सह–संयोजक अभिषेक यादवको संयोजकत्वमा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको थियो ।

विदेशी पर्यटकलाई स्वागत

रौतहटमा जिल्ला संंयोजक अभिमनु पटेलको नेतृत्वमा शिवालय मन्दिर,बारा जिल्ला संयोजक अजय साह र मोबारक अंसारीको नेतृत्वमा कलैंयाको रामजानकी मन्दिर,प्रदेश नं. ३ का संयोजक निरन्जन पाण्डेर सह–संयोजक हेमन्त पौड्यालको नेतृत्वमा भरतपुरको पुरानो मेडिकल कलेज,नवरपरासीको रामग्रामको सरसफाई कार्यक्रम सम्पन्न भएको भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बताउनु भयो । पर्यटन प्रवद्र्धनको लागि हाम्रो सम्पदाको प्रचार प्रसार तथा सरसफाई कार्यक्रम आयोजना गरिएको अभियानका ग्लोबल कोडिनेटर प्रमोदराज सर्राफले बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश