CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैयामा तिन हजार ८ सयको संख्यामा बाजागाजासहित निकालिए कलश यात्रा

फेटा GP PSA
567
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा, असोज १२ गते । सिरहाको मिर्चैया नगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । मिर्चैया नगरपालिका लगयात सिरहा जिल्ला का विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।
यसैगरि मिर्चैया नगरपालिका वडा नं.५ स्थित दुर्गा मन्दिरको प्राङगढबाट करिब २१०० र मिर्चैया नगरपालिका वडा नं.२ स्थित दुर्गा मन्दिरको प्राङगढबाट करिब १७०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले मिर्चैयाका बिभिन्न भागको परिक्रमा गर्दै मिर्चैयाका सर्वसाधारण, महिला तथा बालबालिकाहरु बतहाखोलाको किनारमा पुगेर कलशमा जल भरेर मन्दिरमा स्थापित गरेका छन् । भने, कलश स्थापना गरी त्यही स्थानमा साँझ र बिहान शक्तिस्वरुपा दुर्गाको अगरबत्ती बालेर पूजा आराधना गर्ने स्थानिय प्रदिप साहले बताउछन् ।

Karaiya Mai Notice Winter

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ । यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा रहेको मिर्चैया दुर्गा मेला समितिका अध्यक्ष कृष्ण साहले जानकारी दिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश