CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुपा देउराली मन्दिरको चहलपलले दुइ सय भन्दा बढी लाइ रोजगार

फेटा GP PSA
541
सिम्रौन्गढ़ नपा psa

सरकारले घोषणा गरेका १०० उत्कृष्ट गन्तव्यमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित धार्मिक तथा ऐतिहासिक महत्वको सुपा देउराली मन्दिर पनि रहेको छ ।
मन्दिरमा आउने दर्शनार्थीबाट संकलित भेटीले दुई विद्यालय सन्चालन भएका छन् । २०० जनाभन्दा बढीले रोजगारी प्राप्त गरिरहेका छन् ।
सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउरालीलाई आस्थाको केन्द्र मानिन्छ । जहाँ विभिन्न ठाउँबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।
यो मन्दिर सरकारले घोषणा गरेका १०० नयाँ गन्तव्यमध्येमा पर्न सफल भएको छ ।
दर्शनार्थीको चहलपहलका कारण मन्दिर वरपर विभिन्न किसिमका व्यवसाय सन्चालन भइरहेका छन् ।
जसमध्ये सन्धिखर्क नगरपालिका–८ का बलबहादुर सारु र उनका दुई साथीले संयुक्तरुपमा फोटो स्टुडियो सन्चालन गरेका छन् ।
अधिकांश दर्शनार्थीले मन्दिरको दृश्यसँगै फोटो खिचाउने भएकाले यसबाट उनीहरुको व्यवसाय राम्रोसँग चलिरहेको छ ।
मन्दिरमा भक्तजनको चहलपहल बढ्ने भएकाले सीतापुरदेखि नरपानीसम्म २०० भन्दा व्यक्तिले व्यवसाय सन्चालन गरिरहेका छन् ।
जसमध्ये फोटो स्टुडियो, पूजा सामग्री तथा होटल व्यवासाय गरेकाहरुले राम्रै कमाइ गर्न सफल भएका छन् ।
सोही ठाउँमा पूजा सामाग्री पसल चलाउँदै आएका कपिलवस्तुका खिमलाल भुसाल पनि यसबाट सन्तुष्ट देखिन्छन् ।
यसका अतिरिक्त मन्दिरमा संकलित भेटीबाट दुईओटा विद्यालय सन्चालन र सामाजिक काममा पनि सहयोग भइरहेको छ ।
मन्दिरमा मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँ भेटी उठ्ने गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश