विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

अनेरास्ववीयु पर्सा द्धारा भारतीय दुताबास अगाडी प्रदर्शन (फोटो सहित)

सिम्रौन्गढ़ नपा psa

 

karaiya holi 2082

वीरगन्ज,२४ कातिक
सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भातृसंगठन अनेरास्ववीयु पर्साले भारत विरुद्ध आईतबार वीरगन्जमा प्रदर्शन गरेको छ ।भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको भन्दै भारतीय दुताबास अगाडी प्रदर्शन गरेको हो ।

अनेरास्ववीयु पर्साका अध्यक्ष मित्रदेव यादवको अगुवाईमा भएको प्रदर्शनमा ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित नेपाली भूमि फिर्ता गर’ लेखिएको ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थी उत्रिएका थिए ।
प्रदर्शनमा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री मुर्दावाद ,छिमेकी शत्रु चाहिदैन ,नेपाली जग्गा मिच्न पाईदैन ,नेपालको जग्गा फिर्ता गर ,लगायतको नारा लगाउदै भारतीय दुताबास अगाडी प्रदर्शन गर्दे धर्ना दिएका थिए ।
प्रदर्शन कार्यक्रममा नेकपाका नेता उमेश गुप्ता , अनेरास्ववीयुका हेमन्त तामांग , संदिप यादव ,बिबेक साह ,नसिम अख्तर ,बलिराम साह ,मेराजुल अंसारी ,महमुद अंसारी , सगीर अहमद , बिशाल सरार्फ , सिता पटेल , रामबाबु मंडल लगायतको सहभागीता रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed