CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैया प्रहरीद्वारा अवैध गाँजा खेती फडानी

फेटा GP PSA
1,044
सिम्रौन्गढ़ नपा psa


गणेश कुमार शर्मा

सिरहा ।सिरहा मिर्चैया नगरपालिका वडा नं. ९ मा बिशेष सुराकीको अधरमा विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका संयुक्त टोलीले मिर्चैया नगरपालिका बडा नं. ९ मा लगाइएको करीब १० कठ्ठाको अबैध गाजा खेती (शनिबार) नष्ट गरेको हो । अबैध रुपमा लुकाईछिपाई बडाको बिभिन्न स्थानमा लगाईएको करीब १० कठ्ठाको ९ हजार ४ सय ५० अबैध गाँजाका बोट फडानी गरी नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए ।

Karaiya Mai Notice Winter


गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले वताए । ईलाका भित्र पर्ने विभिन्न गाउँहरुमा लुकाएर लगाएको प्रतिबन्धित गाँजा खेती नष्ट गर्ने अभियानलाई तिव्रता दिइएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश


त्यसै गरी संयुक्त टोलीमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) पुरुसोत्तम कार्की र सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रमोद राय लगायत रहेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश