CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजपा नेपालको भावी कार्ययोजना बारे जमेर छलफल

राजपा नेपालको भावी कार्ययोजना बारे जमेर छलफल

फेटा GP PSA
744
सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संगठन बिस्तार र भावि कार्ययोजना बारे छलफल थालेको छ।उक्त छलफलमा प्रमुख अतिथि केन्द्रीय सदस्य भोगेन्द्र यादव , तब्रेज हक, मोरङ जिल्ला अध्यक्ष मो. कादिर, विद्यार्थी अध्यक्ष बिपुल झा को उपस्थितिमा शनिबार मोरङ्गको रंगेली नगरपालिकामा सांगठनिक बिस्तार र अगामी चुनावी रणनीति बारे जमेर छलफल गरेको हो। छलफलमा अगामीका दिनहरुमा कसरी संगठनलाई चुस्त दुरुस्त र मजबुत बनाउदै अगाडी बढाउने रणनीति बारे छलफल गरेको छ । पार्टीलाई कसरी अगाडी बढाउने र जनता सामु कुनकुन एजेन्डा बोकेर जाने बिषयमा समेत छलफल गरेको मोरङ्ग जिल्लाको नवनिर्वाचित अध्यक्ष मो. कादिरले बताउनु भयो। छलफलबाट रंगेली नगरपालिकामा पार्टीलाई बलियो बनाउने आधार तय भएको मो. कादिरले बताउनु भयो।रंगेली नगरपालिकाका नगर सभापतिको अध्यक्षतामा भएको छलफलमा अगामी चुनावको लागि राजपाले संगठनलाई बलियो र बिस्तार गर्नुको साथै भाबी कार्ययोजना र चुनावी रणनीति बनाउन हरेक ठाँउमा छलफल थालेको जनाउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश