CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सन्धिखर्कमा असुरक्षित गर्भपतन बढ्दै

फेटा GP PSA
563
सिम्रौन्गढ़ नपा psa


नेपाल सरकारको सूचीकृत सस्थाबाट मात्र गर्भपतन सेवा दिनु पर्ने भएपनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजि स्वास्थ्य सस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिएको भेटिएको छ ।
सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलि क्लिनिक, र फार्मेसीहरुमा अनुगमन गर्दा नियम विपरित कार्य सञ्चालन गरेको भेटिएको हो । त्यस्ता मेडिकलहरु आवश्यक मापदण्ड विनानै सञ्चालनमा आएका छन ।
नियम विपरित मेडिकल र पोलि क्लिनकिहरुले गर्भपतन सेवा दिने, बेच्न नहुने औषधी बिक्री गर्ने भेटिएको अर्घाखाँची अस्पतालका डाक्टर कपिल गौतमले बताउनु भयो । मेडिकलहरुमा गएर गर्भपतनको औषधी खानेर रक्तस्राब भएपछि मात्र साफ गर्न अस्पताल आउने गरेको बताउनु भयो । अर्घाखाँची अस्पतालमा निशुल्क सुरक्षित गर्भपतनको सेवा भए पनि महिलाहरु निजि मेडिकलहरुमा गएर गर्भपतन गराउन औषधी सेवन गर्ने गरेका छन ।
“स्वास्थ्यको सेवा र प्रदान गरिने सेवाको मुल्य सुची राख्नु पर्ने भए पनि मुल्य सुची नराखिएको , अर्कैको नाममा रहेको मेडिकल सञ्चालन गरेको , लाइसनधारी ब्यक्ति नभएर अर्कैले औषधी बेच्ने गरेको , फार्मेसी पास गरेकाले मात्र औषधी बेच्नु पर्ने नियम भएपनि सबै स्वास्थ्यकर्मिले औषधी बेच्ने गरेको भेटिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुर्ण पराजुलीले बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका अनुगमन समिति संयोजक जीवनारायण आचार्य, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, अर्घाखाँची अस्पतालका डाक्टर कपिल गौतम, फार्मासिस्ट धिरेन्द्र गिरी, प्रहरी नायक निरिक्षक भिमार्जुन अधिकारी, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, औषधी व्यवसायी संघका अध्यक्ष लिलामणि ढुंगाना, उपभोक्ता हित संरक्षण समितिका नविन केसी, कृषि शाखा प्रमुख राजेन्द्र भटराइ, पशु शाखा प्रमुख बद्धिराम गौतम लगायतको अनुगमन टोलीले अनुगमन गरेको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश