CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेश पर्यटकको ठुलो सम्भावना : मण्डल

फेटा GP PSA
637
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, कलैया ।

बारा पौष २५ गते प्रभु यादव प्रदेश नम्बर २ का उधोग , पर्यटन, वन तथा वतारण राज्य मन्त्री सुरेश मण्डलले तराई मधेस पर्यटकिय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा कलैयामा रहेको बरेवा होटलमा भिजट मधेस नेपाल बारा शाखाले आयोजना गरेका तराई मधेसमा पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तक्रिया एवम भिजिट मधेस २०२० उदघोष कार्यक्रमलाई शुक्रवार सम्बेधन गर्दै राज्य मन्त्री मण्डलले मधेश पर्यटकको ठुलो सम्भावना रहोको बताए ।

पर्यटकहरुका लागि बारा, पर्सा, रौतहट गरि यहाँ रहेको पर्यटकिय स्थलहरुको भ्रमणका लागि ३ दिन सम्मको पर्यटकलाई हेर्ने गरि ठाँउहरुको बिकास गरे अर्थतन्त्रले ठुलो फडको मार्ने प्रदेश सभा सदस्य ज्वाला साहले बताईन ।

नेपालमा नै सबै भन्दा ठुलो पर्यटक भित्रिआउने पर्यटकिय स्थलको रुपमा गढीमाई मन्दिर रहेको भएपनि संघिय सरकारका कारण यो मेलालाई विश्व सम्पदा सुचिमा राख्न नसक्नु दुखद भईको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

Karaiya Mai Notice Winter

सिर्मैानगढ पनि एतिहासिक ठाँउ भएपनि अहिले ओझेलमा परीरहेको हुदा त्यो ठाँउलाई पनि पर्यटकिय स्थलको रुपमा बिकास गर्नुका लागि संघिय सरकार अघि बढनुपर्ने नेकपाका युवा नेता मुकेश साहको धारणा रहेको थियो ।

भारतमा रहेको गंगाको पानी नेपालको भुमिमा नेपालीहरुले धार्मिक प्रयोजनका लागि जल प्रयोग हुने गरेको उदाहरण दिदै गढीमाई र सिर्मै्रानगढको माटोलाई पनि धार्मिक प्रयोजना लागि प्रयोग गर्ने वातावरण सृजना गर्नुपर्ने उधोग वाणिज्य सँघका महासचिव जयप्रकास साहले बताए ।

भारतबाट नेपाल भ्रमण गर्न करिव ६० प्रतिशत भारतबाट पर्यटकहरु आउने गरेका छन । भारतिय पर्यटकहरुलाई नेपाल भित्रिईन भारतिय सवारी साधनमा रोक नलगाई विशेष निगरानीमा निर्वाद रुपमा चल्न दिए मधेशका पर्यटकिय स्थलहरुलाई विकास गर्न सकिने भिजिट मधेश बाराका समयोजक अजय साहले बताएका छन ।

कार्यक्रममा पुर्व सहायक मन्त्री कलावती पासवान, प्रदेश साँसद ज्वाला कुमारी साह, पारस साह, जिल्ला समन्व्य समितिका संयोजक नवलकिशोर सिह, कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, भिजिट नेपाल ग्लोवल कोडिनेटर प्रमोदराज सर्राफ, केन्द्रिय कोडिनेटर ओमप्रकाश सर्राफ, प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेल, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपाका युवा नेता मुकेश साह, हरिओम साह,

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवान, बारा उधोग बाणिज्य संघका महासचिव जयप्रकाश साह, महिला अधिकारकर्मी बबिता जसवाल, लोक गायक रबिराज साह लगायतकाले बारा जिल्लालाई पर्यटकिय स्थलको रुपमा बिकास गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए । मधेस भिजिट नेपालका अध्यक्ष अजय साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संचालन साबित्री शर्माले गरेकी थिईन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश