CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चितवनका अभियन्ताहरुद्धारा जाडोमा नाङ्गो शरीर लिएर जीवन बिताउन बाध्य भएका परिवारलाई न्यानो कपडा वितरण

फेटा GP PSA
541
सिम्रौन्गढ़ नपा psa

ईन्द्रजीत गोईत
चितवन,पुष २७ गते । चिसोबाट प्रभावित जनकनन्दनी गाउँपालीका वडा नं.१ (इनर्वा)का एक सय गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ ।
नाङ्गो शरीर लिएर जीवन बिताउन बाध्य भएका धनुषा जिल्लका जनकनन्दनी गाउँपालीका वडा नं.१ (इनर्वा)मा अति विपन्न परिवारहरुलाई लाई तातो कपडा बितरण गरेका छन ।

Karaiya Mai Notice Winter

चितवनका समाजिक अभियन्ताहरु धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ (ईनर्वा) गाँउमा जाडोको मौसमा पनि कपडा नरहेका विपन्न समुदायका बालबालिकाहरुलाई तातो र न्यानो कपडा वितरण गरेको छ ।
चितवनका समाजिक अभियन्ताहरुले चिया बेचेर सङ्कलित रकमको कपडा खरिद गरी विपन्न समुदायलाई वितरण गरी मानवताको नयाँ परिचय दिएको हो । चितवनको पुलचोकमा र चौबिसकोठिमा चिया बेचेर ती अभियन्ताहरु आर्थिक रकम सङ्कलन गरेका थिए । सो कपडा वितरण कार्यक्रममा कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवम् प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार राजेश्वर गोईतले यस्ता प्रकारको कार्यक्रममा, समाजिक कार्यक्रमा आफ्नो सहयोग र सहकार्य सदैव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सामाजिक व्यक्तित्व तथा नेकपा एमालेका वडाध्यक्षका प्रत्यासी सन्तोष गोईत (पुर्व सचिव रामचन्द्र मणि ) र अन्य राजनितिक दलका प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई समाजिक अभियन्ता बिमल सापकोटाले सभापतित्व गर्नुभएको थियो । कपडा वितरण कार्यक्रममा सापकोटाले भने कुनै पनि समस्या परेको खण्डमा अझै सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामाजिक अभियान्ता प्रकाश थापाले अझै पनि चिया बेचेर विभिन्न ठाउँमा रहेका गरिव बालबालिकालाई सदैब सहयोगका लागि जुट्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सामाजिक अभियानमा युवालाई अग्रसर बनाउनको लागी सदैव अग्रसर रहने बताउनुभयो । सो कार्यक्रमलाई स्थानीय एवम् अभियन्ता ईन्द्रजीत गोईतले सहजीकरण गर्नुभएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश