CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरे

फेटा GP PSA
1,875
सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ //  घरेलु मैदानमा सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा पराजय ब्यहोर्नुपरेको हो । खराब लयमा रहेको सेभियाले  लिगमा पछिल्लो पाँचमध्ये एक खेलमात्र जितेको छ । गएको महिना कोपा डेल रेमा पनि सेभिया बार्सिलोनासँग पराजित भएको थियो ।

लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

जेसस नाभाले २२ औं मिनेटमा गरेको गोलले घरेलु समर्थक उत्साहित भएका थिए । तर, त्यसको चार मिनेटपछि नै मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४२औं मिनेटमा पाब्लो साराबियाको पासमा गाब्रियल मार्काडोले सेभियालाई पुनः अग्रता दिलाए । सेभियाले पहिलो हाफ २-१ को अग्रतामा टुंग्यायो ।

दोस्रो हाफमा सुधारिएको बार्सिलोनाका लागि मेस्सीले ६७औं मिनेटमा डेम्बेलेको पासमा गोल गरे । ८५औं मिनेटमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाए भने ह्याट्रिक पूरा गरे । इन्ज्यूरी समयको अन्तिम मिनेटमा लुइस स्वारेजले बार्सिलोनालाई ४-२ गोलको जित निश्चित गरे ।

मेस्सीको यो करिअरको ५०औं ह्याट्रिक हो । सेभियाविरुद्ध पनि उनको रेकर्ड राम्रो छ । सेभियाविरुद्ध खेलेका पछिल्ला ३५ खेलमा मेस्सीले ३६ गोल गरेका छन् । यो जितले बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ । २५ खेलबाट बार्सिलोनाको ५७ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ४७ अंक छ । २४ खेलबाटै रियल मड्रिडको ४५ अंक छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश