
नलकटुवा बन्दुक सहित सर्लाहीका दुई युवक रौतहट प्रहरीको फन्दामा
नलकटुवा बन्दुक सहित सर्लाहीका दुई युवक रौतहट प्रहरीको फन्दामा
नलकटुवा बन्दुक सहित सर्लाहीका दुई युवक रौतहट प्रहरीको फन्दामा
बिकास पाण्डे//रौतहट// २७ फागुन । होली पर्वको पूर्व सन्ध्यामा लुटपाटको योजना बनाइरहेका दुई जना युवालाई हतियार सहित रौतहट प्रहरीले सोमवार राति नियन्त्रणमा लिएको छ ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्वर ६ धरमपुर स्थित बागमती नदीमा रहेको पुल वारी बाँधमा बसेर होली पर्व मनाउन ढिलो घर फर्किने बटुवाहरुलाई लुटपाट गर्ने योजना बनाइरहेका सर्लाहीका दुई जना युवकलाई कटुवा बन्दुक र ३ राउण्ड गोली सहित सोमवार राति ८ बजेको समयमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो । इलाका प्रहरी कार्यालय गरुडामा मंगलवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डिएसपी ज्ञानकुमार महतोले पर्वको समयमा नियमित गस्तीमा रहेका प्रहरीलाई हेरेर भाग्न लाग्दा सर्लाही धनकौल गाउँपालिका ६ बस्ने बर्ष २६ को राजेश महरा, सोही वडाका २१ बर्षिय जयनारायण रामर्ला नियन्त्रणमा लिएको बताए ।दुवै युवक चढेका विआर ३०यु ८३८२ नम्वरको मोटरसाइकल, उनीहरुको साथबाट मोवाइल २ थान, नलकटुवा बन्दुक १ थान र ३ थान गोली बरामद भएको डिएसपी महतोले जानकारी दिए ।









