CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चीन बाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउने

चीन बाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउने

फेटा GP PSA
11,377
सिम्रौन्गढ़ नपा psa

काठमाडौं ,संवाददाता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउ बाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउने तयारी गरेको हो । चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउन लागेको हो । मन्त्रालयका अनुसार उक्त विमान मंगलबारसम्म काठमाडौं विमानस्थलमा अवतरण गर्ने योजना रहेको छ ।

यस्तै, नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । साथै देशभरका नेपाली हरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो ।

Karaiya Mai Notice Winter

लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कै’द र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ । यो अवधिमा अत्यावश्यक बाहेकका गति विधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउन मात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नगदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।

गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ-जाउ गर्न नदिन लकडाउन गरिन्छ । लकडाउन संक्रामक रोग ऐन-२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ। लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् ।

यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लक डाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्य वस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।
नेपाल समाचारपत्र दैनिकमा खबर छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश