विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारत तर्फ जान लागेको नेपाली दुई महिला सहित एक पुरुष पक्राउ

सिम्रौन्गढ़ नपा psa
 अमित ठाकुर,रौतहट ।।  रौतहट जिल्लाको गौरमा अवस्थित गौर भन्सार नाकामा भारत तर्फ जाँदै गरेको दुई महिला सहित १ पुरुषलाई संकाको भरमा पक्राउ गरेका छन्। गौर भन्सारका प्रहरी सहायक निरीक्षक हृदय यादवको कमाण्डमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले सो महिला र पुरुषलाई पक्राउ गरेका छन। पक्राउ परेको मोरङ जिल्लाका सुन्दर हरैया नगरपालिका वडा नंबर १ का २१ बर्षीय सागर खवास त्यसतै सोही नगरपालिकाका वडा नंबर १२ का २२ बर्षीय अस्मिता चौधरी त्यसतै सोही वडाका २० बर्षीय अन्जु चौधरीलाई प्रहरीले पक्राउ गरेका छन्।
पक्राउ परेका खवास संग सोधपुछ गर्दा हामी दुई जना अर्केस्टा डान्समा काम गर्ने ब्यक्ति रहेको र एक जना अन्जु चौधरी अर्केस्टाको नयाँ केटी रहेको र हामी भारत तर्फ जान लागेको खवासले जनाएको छ। तर प्रहरीका अनुसार ती केटा केटीलाई बेचबिखन गर्ने जस्तो संका लागेको हुँदा हामीले पक्राउ गरेको जनाएको छ। ती दुई केटी र एक केटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको प्रहरी सहाय निरीक्षक यादवले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed