विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बोर्डर बन्द तस्करी चालु प्रहरि ईर्चाज पवन झा भए मालामाल

सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता २२ असोज पोखरिया

Karaiya Mai Notice Winter

आज बिहान शस्त्र प्रहरि बेस केम्प बन्जारीले भंसार छली गरि लयाईएको नयाँ ट्रेक्टरको टेलर पर्सा को छिपहरमाई गाउपालीका वडा नम्बर २ टिहुकी बाट नियन्त्रणमा लिएको छ । सो टेलर प्रहरि चौकि टिहुकीको प्रहरि ईन्चार्ज पवन झा० ले मोटो रकम नजराना लिएर तस्कर सित को मिलो मतो मा बिहानै सुन सान भएको करिब ६ बजेको समयमा भारत बाट नेपाल भित्रीयाइएको स्थानिय प्रत्यक्ष दर्शीहरुले बताएका हुन । स्थानिएका अनुसार बिहानै भारतीय ट्रेक्टरमा जोडेर भारतको प्रसुतीपुर नाका र छिपहरमाई गाउपालीका को वडा नम्बर २ मा पर्ने प्रहरी चौकी टिहुकी को एरिया को बाटो भएर नेपाल भित्रीएको थियो । सो नाका बाट नेपाल भित्रीरहेको बेला स्थानियहरुले ईलाका प्रहरि कार्यालय पोखरिया मा गोप्य सुचना दिएका थिए । तर त्यो सुचना को कुनै औचित्य नरहि टेलर नेपाल भित्रीयो । प्रहरि चौकी टिहुकी ले सो टेलर लाई समात्नु पर्ने मा उलटै फोन गरेर तस्करलाई टेलर लुकाई दिनु भन्ने बिषयमा कुरा गरि रहेको अवस्थामा सोही गाउका १ जना ब्यक्तीले सुनेका थिए । सो कुरो भएता पनी टेलरलाई लुकाउन कार्यमा तस्कर ले अस्फल भएका थिए । केही समयमा सो सुचना को आधारमा शस्त्र प्रहरी बेस केम्प बन्जारी को प्रहरिले सो ठाउमा पुगी टेलरलाई नियन्त्रण मा लिई सस्त्र बेस बन्जारी मा बुझाएका थिए । सो बिषयमा ईलका प्रहरि कार्यालय पोखरिया को प्रहरि निरिक्षक दिपक थापा सित बुझदा अफुलाई सुचना आएको बताए । सो बिषयमा थप अनुसँधान को लागी सो चौकिमा पोखरिया बाट १ जना सई लाई पठाएको बताए । सोहि बिषमा शस्त्र प्रहरि बेस केम्प बन्जारि सित बुझदा नियन्त्रण मा रहेको टेलर लाई भन्सार कार्यालय बिरगन्ज मा पठाउने प्रकिया भईरहेको प्रहरि निरिक्षक सँजिप बानिया ले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed