विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुस्लिम आयोगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा ।

मुस्लिम आयोगको आयोजनामा आज वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहका पदाधिकारीहरु संग मुस्लिम समुदायको हक हितको संरक्षण ,सम्वद्र्धन र सशक्तिकरण बिषय अन्र्तक्रिया सम्पन्न भएको हो । आयोगका अध्यक्ष समिम मियाँ अंसारीको प्रमुख आतिथ्यमा ओयोजित कार्यक्रममा वक्ताहरुले नेपालको हरेक क्षेत्रमा मुस्लिम समुदायको अनिवार्य समावेश हुनुपर्ने कुरामा जोड दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वक्ताहरुले मुस्लिम समुदाय नेपालमा सदियौ देखि वसोवास गर्दै आएपनि नेपाल सरकारले नेपाली मुस्लिम संग बिभेद गरेको आरोप लगाएका थिए । उनीहरुले मठ मन्दिर निर्माणको लागि बजेट छुट्याए जस्तै मस्जिद ,मर्दसाको लागि पनि बजेट छुट्याउन माँग गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, जगरनाथपुर गाँउपालिका अध्यक्ष जालिम मियाँ, उपाध्यक्ष विशमिला खातुन पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, सखुवा प्रसौनी गाउँपालिका का अध्यक्ष प्रदीप जयसवाल, प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गले धारणा राख्नुभएको थियो ।

सो अन्तरकृया कार्यक्रममा शस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाली कांग्रेस का नेता सहरुम गद्दी डिभिजन वन कार्यालय पर्सा का सहायक वन अधिकृत रेयाज अहमद अंसारी लगायतका सहभागिता रहेको थियो भने अन्तरकृया कार्यक्रम अध्यक्षता जिल्ला समन्वय समिति का प्रमुख नेक महम्मद अंसारी ले गर्नु भएको थियो। ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed