विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल ईन्डो नक आउट टि-20 क्रिकेट टुर्नामेन्ट खेलमा पटना १०१ रनले बिजयी

सिम्रौन्गढ़ नपा psa

नेपाल ईन्डो नक आउट टि-20 क्रिकेट टुर्नामेन्ट खेलमा पटना १०१ रनले बिजयी

Karaiya Mai Notice Winter
अनिल पाण्डेय
कलैया बारा
बाराको प्रसौनि गाँउपालिका वडा नम्बर दुईमा सँचालन भएको टि-20 क्रिकेट टुर्नामेन्ट को आयोजना 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराले गरेको छ भने स्पोन्सर राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय र नेपाल ईन्डो होस्पिटलले गरेको नेपाल ईन्डो होस्पिटल टि-20 खेलको फाईनल आज शनिबार पटना क्रिकेट कल्ब र मकवानपुर क्रिकेट क्लब बिच भएको थियो। पटना क्रिकेट कल्बले टस जिति बयाटिङ्ग गरेका थिए।
२० ओभरको खेलमा पटना क्रिकेट क्लब पटना बिहारले सम्पुर्ण ओभर खेल्दै १८४ रन बनाएको थियो। जस्मा सुर्दशन साहले ५१ रन बनाउन सफल भएका थिए। १८५ रनको लक्ष्य लिई फिल्डमा उर्त्रेका मकवानपुर क्रिकेट क्लबले  १४ ओभर २ बलमा आफ्नो सम्पुर्ण बिकेट गुमाई ८३
 रन मात्र  बनाउन सफल भएका थिए। भने पटना क्रिकेट क्लब बिहारले १०१ रनले बिजयी भएको छ।
म्यान अफ दि म्याज पटना क्रिकेट क्लब बिहारका म्याक कुमारलाई प्रदान गरीएको थियो। कुमारले ४४ रन ३ बिकेट लिन सफल भएका थिए। म्यान अफ द सिरिज र म्यान अफ द ब्याट्स मैनको उपाधि पनि पटना क्रिकेट क्लबका म्याक कुमार लाई नै प्रदान गरीएको थियो । कुमारले सम्पुर्ण खेलमा ११० रन बनाएका थिए। त्यस्तै म्यान अफ द बल मकवानपुर क्रिकेट कल्बका रिजन ढकाल सम्पुर्ण खेलमा  ८ बिकेट लिई उपाधि हासिल गर्न सफल भएका थिए।
नेपाल ईन्डो नकआउट टि -20 क्रिकेट टुर्नामेन्ट  खेलको प्रथम कप आजको प्रमुख पुर्ब सभासद लालबाबु सिँह पटना क्रिकेट कल्बलाई प्रदान गर्नु भएको थियो। बिशेष अतिथि नेपाल ईन्डो होस्पिटलका सँचालक चन्द्र शेखरले दोस्रो कप मकवानपुर क्रिकेट क्लबलाई प्रदान गर्नु भएको थियो।
11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतले प्रमुख अतिथि पुर्व सभासद लालबाबु सिंहलाई माया को चिनो प्रदान गर्नु भएको छ। त्यसतै राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय बिरगँजका निमित प्रमुख नर्सिङ्ग नरायण यादब , नेपाल ईन्डो होस्पिटल बिरगँजका सँचालक चन्द्र शेखर र माउन्टेन टेलिभिजन पर्सा सम्मादाता अनिल पाण्डेय लगायतलाई मायाको चिनो प्रदान गरीएको थियो।
  नेपाल भारत मैत्रि रेडियो सँघका केन्द्रिय कोषाअध्यक्ष सहाजाद अँसारी , राष्ट्रिय बाणिज्य बैँक शाखा कार्यालय प्रमुख ईश्वरी प्रसाद द्ङ्गेल , नेपालि काँग्रेसका प्रतिनिधि सभा उमेद्वार बिजय गुप्ता लगायतको उपस्थित रहेको थियो। 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रम सँचालन त्रिपुरारी राउतले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed