विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा प्रहरीले ४ घण्टा मै हत्यारालाई पक्राउ गर्न सफल 

सिम्रौन्गढ़ नपा psa

बारा प्रहरीले ४ घण्टा मै हत्यारालाई पक्राउ गर्न सफल 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
आज बिहान निजगढ नगरपालिका वडा नं ९ बुद्ध चौकमा घाटी रेटी हत्या भएको रोहित शर्माको हत्यारालाई प्रहरीले ४ घण्टा मै हत्यारालाई पक्राउ गर्न सफल भएको छ।
Karaiya Mai Notice Winter
आज बिहानको समयमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.४ घर भई जिल्ला बारा निजगढ नगरपालिका वडा नं.९ बुद्ध चौकमा समेत घर बनाई बसेका  वर्ष १८ को कालु भनिने रोहित शर्मा एक्लै घरमा रहेको बेला घाटीमा चक्कु प्रहार गरी हत्या गरिएको थियो।
 इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरिक्षक  तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्रको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगी अनुसन्धान गर्दै जाँदा उक्त वारदातमा संलग्न रहेका जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.४ बस्ने वर्ष २९ को अरूण कुमार साहलाई चन्द्रनिगाहपुरबाट पक्राउ गर्न सफल भएको कुरा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ।
पहिले देखि नै रिसइवि रहेको, लागू औषध सेवन गर्ने विषयमा विवाद भइरहने, आफुलाई अपमानित गरेको, पिस्तोलले हानी मारीदिन्छु भनेको कारणले निजलाई मार्ने मनसाय अनुसार नै चक्कु सहित हिजो राति देखि नै मृतककै घरमा निजसँगै बसी आज बिहान चक्कु प्रहार गरी हत्या गरी मारी भागी च.पुर स्थित घरमा गई कपडा बदलिई पसलमा गई बसेको हु भनी बताएको स्विकार गरी सकेकोले साहलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी समेत प्रहरी उपरीक्षक दिपेन्द्र शाहिले पत्रकार सम्मेलनमा  बताएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed