विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुख्यमन्त्री राउत द्वारा घरमै बसेर पर्व मनाउन आग्रह

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको जनाउदै प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले स्वास्थ्य मापदण्ड पालना गर्दै इस्लाम धर्मालम्बीहरूको महान पर्व ईद–उल फित्र घरमै बसेर पर्व मनाउन आग्रह गरेका हुन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

इस्लाम धर्मालम्बीहरूको महान पर्व ईद–उल फित्रको अवसरमा आज प्रदेशवासीमा मुख्यमन्त्री राउतले शुभकामना सन्देश दिदै मुश्लिम धर्मावलम्बीहरू लाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै पर्व मनाउन आग्रह गरेका छन। मुख्यमन्त्री राउतले प्रदेशवासीहरुमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोतर प्रगतिको कामना गरेका छन्।

मुख्यमन्त्री राउतले यस पर्वको माध्यमबाट मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिबृद्धि होस् भनि कामना गर्नुभएको मुख्यमन्त्रीको प्रेस सचिवालय द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रदेश सरकारले ईदउल फित्र मनाउनका लागि शुक्रबार वैशाख ३१ गते प्रदेशभर सार्वजनिक विदा दिएको सो विज्ञप्ति मार्फत उल्लेख गरिएको छ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed