विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा गोपाल सेवा समिति हैन बरु साझा सेवा समिति हो : डा. अंसारी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको कलैया स्थित करण राज प्यालेस होटलको सभा हलमा महन्त ठाकुर निकट जसपा नेपाल अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा अतिथिको रुपमा रहेका जसपाका केंद्रिय सदस्य डा. कमरुल्लाह अंसारी आफ्नो धारणा राख्ने क्रममा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव लाइ इंगित गर्दै भने जसपा नेपाल गोपाल सेवा समिति हैन, बरु साझा सेवा समिति हो, जसमा हरेक जातजातिको समस्या तथा अधिकारको कुरा लाइ आत्मसात गरि अगाडी बढ्ने पार्टी हो, त्यसकारण हामि जसपा नेपालमा छौ। जसपा लाइ बदनियत बस फोहरी राजनतिक गरि बदनाम गराउने उदेश्यले आफ्नो स्वार्थि चरित्र लाइ दर्साउदै कानुनको समेत धज्जी उड़ाउने कार्य गरेको आरोप लागाए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अंसारीका अनुसार अध्यक्ष यादव मधेशी मुदाको ढाल बनाएर मधेशी लाइ मुर्ख बनाउने बाहेक अरु केहि नगरी नीजी स्वार्थको रोटिसेकने कार्यमात्र गरेकोले अब आफ्नो पूर्ण चरित्र, चरितार्थ गरि सकेकोले अब देखि मधेशी जनता कहिले पनि अध्यक्ष यादव माथि विश्वास नगर्ने निश्चित भएको बताए। यादवले मधेशीको मुद्दाको कुरा लाइ थाति राख्दै मानवताको पनि मूल मर्म नबुझ्नेले कसैको मुद्दा लाइ कसरि केहि गर्न सक्छ भन्ने बारेमा बढी बताउनु पर्दैन।

Karaiya Mai Notice Winter

अध्यक्ष यादवले बिगतमा गरेका विभिन्न प्रकारका समझौता, प्रतिबद्धता गर्दै अवसर पाउने बितिकै कुर्सि बाहेक सबै कुरा सत्तामुखी भएर जाने प्रबिर्ती सदियौ देखि सर्विदित रहेको धारणा राखेका थिए। बाराका सबै जनता इमान्दार, निष्ठावान, चरित्रवान, मधेशको मुद्दा, संबिधान संसोधन, लालआयोग प्रतिवेदन, नागरिकता विधेक, नेता कार्यकर्ताहरु माथि लागेका झुठा मुद्दाहरुको आम माफी, रिहाइ  तथा देशको निकास दिने महंन्त ठाकुर, राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिल झा लागायतका नेतृत्व गरिरहेका पार्टीमा रहन्छौ भन्ने आफ्ना धारणा अंसारीले राखेका थिए।

बाराको कलैया स्थित करण राज प्यालेस होटलको सभा हलमा ठाकुर निकट जसपा नेपाल अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा नवल किशोर सिंहको अध्यक्षता तथा जसपाका कार्यकारिणी सदस्य एवं पुर्व मात्री लक्ष्मण लाल कर्णको प्रमुख आतिथ्यतामा कार्यक्रमा संम्पन भएको छ। बिशिष्ट अतिथि जितेन्द्र सोनल, एकबाल मिया लगायत के.स. श्याम गुप्ता, संजय पाण्डे, पिंकी यादव, गणेश साह, प्रमहंश केशरी,  लगायत जिल्लाका पदाधिकारीहरू, भातृ संगठनका पदाधिकारीहरू, निर्वाचित पदाधिकारीहरू समेत हजारौं सहभागीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भए थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed