विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

दाई भाइको झगडा, राजनीतिको स्वरुप लिदैआदर्श कोतवालमा

सिम्रौन्गढ़ नपा psa

कलैया ।
रेडियो बादल सिम्रौनगढ़ बाराको संचालक तथा नेपाल पत्रकार महासंघ बाराको जिल्ला सदस्य समेत रहेको पत्रकार नुर आलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अन्सारीले कुटपिट गरेको निराधार रहेको गापा अध्यक्ष मुस्तुफा अन्सारीले बताए । अध्यक्ष अंसारीका अनुसार दुइटै पक्षलाई बसाइ झगडा बारे बिस्तृत जानकारी लिन आफ्नै कार्यकक्षमा बसाएको बेला आफ्नो घरायसी झग्डा रहेकोे कारण एकाएक बादसाह उत्सृंखल हुदा आफ्नै दाजुभाइ बिच झग्डा भएको थियो ।

गाउपालिकाको एम्बुलेन्स चालक शेख सर्फुद्दिन खाना खान गएको बेला आएर किन बाहिर गएको भन्दै बादसाहले अपशब्द प्रयोग गरेको बताए । एम्बुलेन्स चालक सर्फुदिन र बादसाह एउटै बुवा र दुईटा आमाका आफ्नै दाजुभाई भएको र पहिले देखिको घरायसी झगडाका कारण यो समस्या आएको अध्यक्ष अंसारीले बताए ।

karaiya holi 2082

बादशाहले गाउँपालिकाको एम्बुलेन्स चालक ड्युटीमा नरही राजनीतिक दलको कार्यकर्ता भेटघाटमा सहभागी हुन बिरगंज गएको भन्ने आफूले सूचना प्राप्त गरेपछि सो को सम्बन्धमा सूचना लिन खोज्दा आफूलाई ज्यान मार्ने धम्की सहित निर्घात कुटपिट गरिएको बताउदै न्यायका लागि पहल गर्न नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखासँग आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय सँग माग गरेका छन् ।

Prasauni holi 2082

अध्यक्षले दुबै पक्षलाई गाउँपालिकामा बसाएर छलफल गरिरहेका बेलामा बादसाह पक्षबाट एक जनाले मुख छाडेर गाली गरेपछि दुबै पक्षबीच सामान्य झगडा भएको र आफूले पनि दुबै पक्षलाई झगडा नगर्न भनी आग्रह गरेर छुट्टाए पनि बादशाहले आफूलाई राजनीति पुर्वाग्रह राखेर बदनाम गराउन मेरो नाम उचालेको अध्यक्ष अंसारीले आरोप लगाए ।

अध्यक्षले घटना स्थलमा उपस्थित अन्य धेरै सज्जन रहेकोले सत्य तथ्य उँहाहरुसँग पनि बुझ्न आग्रह गरेका छन । बादसाह स्थानीय चुनावमा पराजित भएको र पत्रकारिताको आडमा हरेक समय आफूहरुलाई बदनाम गर्न लागेको भन्दै अध्यक्ष अंसारीले यो तर्फ पत्रकार महासंघको समेत ध्यान जान जरुरी भएको बताए । यता झगडामा घाइते एम्बुलेन्स चालक सर्फुदिनको बिरगंज हेल्थ केयरमा उपचार भइरहेको जनाईएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed