विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भ्रष्टाचारमा पचरौता नगरमा जसपाका मेयर लिप्त : प्रत्यासी मेयर गुप्ता

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

लोसपा नेपाल पचरौता द्वारा वडा न. ६ पकडियामा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको छ। शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका नगर अध्यक्ष बसीर मिया अंसारीको सभापतित्व तथा पुर्व मंत्री एवं पार्टीका प्रभावशाली नेता प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलको प्रमुख आतिथ्यता एवं जिल्ला सभापति नवलकिशोर सिंहको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोही क्रममा पार्टीका परवानिपुर गापा अध्यक्ष हरिनारायण साहले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा मधेसी दल लोसपा नेपालमा रहेका नेतृत्व कर्ता तीन वटा पालिकामा मात्र निर्वाचित रहेका छन् जसमा कुनै भ्रष्टाचारीको आरोप नरहेको दावी गरेका छन्। त्यस्तै सोही पालिकाका वासी एवं पार्टीका युवा नेता बिनोद यादवले पालिकामा खेलिएको फोहरी राजनीतिक खेलको बारेमा दु:खका साथ गर्दै भने यहा यसै पकडियामा हिन्दु र मुस्लिम बिच द्वन्द शृजना गरि दंगा फसाद समेत गराइ आफ्नो बर्चस्व कायम गर्न खोजेको समेत आरोप लगाएका थिए। यादवले भने पालिकामा विभिन्न प्रकारका गतिविधि जुन सर्वसाधारण लाई लामखुट्टे जस्तै जनताले खुन पसिना बगाएर कमाएका रकम चुस्ने कार्य मात्र गरेको आरोप लगाए, जसको बिरोध हामि सुरु देखि नै गर्दै आएको तर सबै लाइ पैसाले खरिद गरि उनिहरु बाच्दै आएको अभिव्यक्ति दिएका थिए।

सोहि कुरा लाई समर्थन गर्दै मेयरका प्रत्यासी एवं पार्टीका केन्द्रिय सदस्य श्याम गुपताले पनि भने, पचरौता नगरपालिका चरम भ्रष्टाचारमा डुबेको आरोप लगाए। यस नगरमा गैस सिलिन्डर, कर्मचारी भर्ना, बिना टेन्डर बाटोघाटो लगायत अनेकन कुराहरु बारे हामि चुप लागेर बस्ने होइन पचरौता बासीले त्यसको ठुलो परिणाम दिने चेतावनी आमेत दिएका थिए।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य श्याम गुप्ता, पिन्की यादव, बिशिस्ट अतिथि जिल्ला समन्वय समिति बाराको सभापती  नवलकिशोर सिंह, बार एसोसिएसनका के. उपाध्यक्ष नेता राम चन्द्र सिंह, श्याम पाण्डे, अधिवक्ता परमहंस केशरी, डा. अखतर अंसारी, युवा नेता अरुण कुमार सिंह, मो. सरफुलाह अंसारी, जय प्रकाश गुप्ता, सचितानंद साह रौनियार, मिश्री लाल सहनी, बिनोद प्रसाद यादव, परवानीपुर गापाका अध्यक्ष हरि नारायण साह, देवताल गाउँपालिका अध्यक्ष लोकप्रिय नेता चंदन सिंह, पचरौता न. पा. उप. प्रमुख श्रीमती इन्दु कुमारी यादव, राम विनय सिंह लगायतकाले संबोधन गरेका थिए। पकड़िया ईकाई अध्यक्ष इम्तियाज अंसारीले स्वागत मंतब्य राखेका थिए भने सभा कार्यक्रम संचालन पृथ्वी राज सहनीले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed