विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालगन्जमा ११ हजार महाद्वीप प्रज्वलनको भब्य कार्यक्रम हुँदै

सिम्रौन्गढ़ नपा psa

पुजा वैश्य , नेपालगञ्ज।

Karaiya Mai Notice Winter

माता बागेश्वरी महादिपोत्सव नेपालगंज स्थित बागेश्वरी मन्दिरमा एघार हजार दियो प्रज्वलन गर्ने कार्यक्रम हुने भएको छ। आउने कार्तिक १६ गते मंगलबार जय सियाराम युवा क्लबले धनवन्तरी जयन्ती ( धन्तेरस ) को दिन बागेश्वरी मन्दिरमा भगवान र माताको फोटो राखेर पुजा गरी उत्सवको प्रारम्भ गर्ने छन। तिहारको शुभ अवसरमा क्लबले बागेश्वरी मन्दिरमा दियो बाली महादिपोत्सव मनाउने छन्। उक्त पर्वको तयारी जोडतोडका साथ भईरहेको क्लबका अध्यक्ष सुशील शाहुले जानकारी दिएका हुन्। महाद्वीप उत्सवमा ११ हजार दियो बाल्ने कार्यक्रम हिन्दुधर्मावलम्बीको पहिलो भब्य कार्यक्रम बनाउने तैयारी गरिरहेको अध्यक्षले जनाएका छन्। हिन्दु सनातन धर्मका देवता रामले वनवासको अवधि समाप्त पछि अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने गरिन्छ। यस सँगै कार्यक्रममा नेपालगञ्ज वासी एवं नगर जनप्रतिनिधिहरु लाई दीप बाल्न निम्तियाउने उनले भने ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अध्यक्ष शाहुले टोलवासी, नगरवासी, बुद्धिजीवी , लगायत त्यहाँका भद्र – भलादमी, महिला तथा बालबालिकाहरुको सक्रिय उपस्थिति हुन र सो कार्यक्रमलाई भव्य बनाउनका निम्ति सहभागिता जनाउन अनुरोध समेत गरेका छन् । दीपावलीको अवसर पारेर राम भगवानको भब्य शोभा यात्रा समेत निकाल्ने योजना रहेको जनाइएको छ। माता बागेश्वरी महादिपोत्सवको १ दिन पहिला जय सियाराम युवा क्लबद्वारा कार्तिक १५ गते सोमबार साँझ ५ बजे श्री राजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगर देखि सुरु गरी बजार क्षेत्र भरी परिक्रमा (घुमाउँदै) गर्दै बागेश्वरी मन्दिर पुगेर समापन गर्ने छन्। राम भगवानको शोभायात्रामा ठुलो जनमानसको सहभागिता गराउने तथा महादिपोत्सवकै दिन मध्यान्न १२ बजे देखि रामायणको सुन्दरकाण्ड पाठ पनि हुनेछ र उक्त पाठको समापन पश्चात साँझ ५ बजे देखि महादिपोत्सव ११ हजार दियो प्रज्वललन कार्यक्रम सुरु हुने क्लबका अध्यक्ष ले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed