विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्थानीय विधार्थीहरु लाई कानुनको प्रभाव बारे प्रशिक्षण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

स्थानीय विधालयमा विधार्थीहरु लाई कानुको प्रभाव बारे प्रशिक्षण दिएको छ। बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा न. १२ धर्मनगरको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरका विधार्थीहरु लाई मौलिक हक तथा बालबालिकाको अधिकार बारेमा विशेष प्रशिक्षण दिएको हो। हाम्रो नेपालको संबिधानमा बालबालिका सम्बन्धि अधिकार कुन धारामा कस्तो अधिकार दिएको बारेमा विशेष ज्ञान दिएको छ। १९१४-१९१८ सम्म चलेको दोश्रो विश्व युद्ध पश्चात १९२४मा लिग अफ नेशनको निर्माण भएको थियो र सोहि अनुसार संयुक्त राष्ट्र संघ १९४५मा स्थापना भएको र त्यसै अनुरुप हाम्रो नेपालको पनि कानुन बनाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

हाम्रो संविधानको भाग ३ मौलिक हकमा १६ देखि ४६ सम्ममा बालबालिका सम्बन्धि ऐऩ दिएको हो। जस मध्ये ३९मा नि:शुल्क शिक्षा हुनुपर्ने अधिकार दिएको बारे प्रशिक्षक कलैया उपमहानगरपालिका सहकारी तथा न्यायिक शाखा कानुन अधिकृत कमल पोखरेलले बताए। मुलकी देवानी संहिता र देवानी अपराध संहिता बारे प्रकास पारेका थिए। व्यक्तिगत, पारिवारिक, सम्पति र लेनदेनका कुराहरु मुलकी देवानिमा हुनछ भने यीसबै बाहेक देवानी अपराध संहितामा कानुन रहेको बारे प्रकास पारिएको थियो।

प्रशिक्षक कलैया उपमहानगरपालीकाको शिक्षा अधिकृत विजय अधिकारी शिक्षा सम्बन्धि कानुनको बारेमा प्रकाश पारेका थिए। कलैया उपमहानगरपालिका समाजिक शाखाका तपसि चौरसियाले समाजिक शिक्षा बारेको अधिकार सम्बन्ध प्रकास पारेका थिए। फौजदारी र देवानी एन कानुन बारे नेपालको संविधानमा रहेको कानुनी अधिकारको कुरा लाई ज्ञात गराएका थिए। राज्यले गरेको स्वस्थ्य सम्बन्धको व्यवस्थाको बारेमा लिला सापकोटा र तुलषा दहाल प्रशिक्षण दिएका थिए।

कानुनको लाभ र प्रभाव सम्बन्धमा विधालयमा अध्ययनरत कक्षा ८ देखि कक्षा १० सम्मका ५० जना विधार्थीहरु लाई प्रशिक्षण दिएका छन। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको स-शस्त्र अनुदान सहयोगमा कलैया उपमहानगरपालिका तथा विदुषी नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। विदुषी नेपालका अध्यक्ष सुषमा बास्कोटा, कोषाध्यक्ष सुसिला खनाल, सदस्य रामरती सोनार, सल्लाहकार निर्मला गौतम लगायता सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed