CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरीसँग १ दिन कार्यक्रम सम्पन्न

फेटा GP PSA
3,792
सिम्रौन्गढ़ नपा psa

उषा सरदार/ न्यूज़ वर्ल्ड बिराटनगर

समुदाय प्रहरी साझेदारी कृयाकलाप अन्तर्गत ‘प्रहरीसँग १ दिन’ कार्यक्रममा सनसाईन माध्यमिक बिद्यालय विराटनगर १ मा कक्षा ९ र १० मा अध्यनरत ३५ जना छात्र छात्राहरू उपस्थित भई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा आयोजित उक्त कार्यक्रममा सहभागी छात्र छात्रालाई नागरिक सहायता कक्ष, ड्युटि अधिकृत कक्ष, महिला तथा वालवालिका सेवा केन्द्र, अपराध अनुसन्धान शाखा, कार्य शाखा, उजुरी छानविन शाखा, हिरासत व्यवस्थापन शाखा, प्रहरी परिचालन कक्षको भ्रमण गराई उक्त शाखाहरूबाट कसरी प्रहरी सेवा प्रदान गरिन्छ भन्ने जानकारी दिईएको थियो । कार्यक्रमको दौरानमा मोरङ प्रहरीले संचालनमा ल्याएको “मोरङ प्रहरी एप्स”, “कलर कोटेड सेवा प्रवाह कार्ड “, “मापसे सचेतना परीक्षण”, “समुदायसँग चिया” (Tea with Community), लागुऔषध विरूद्दको अभियान (Campaign Against Narcotics: CAN) को बारेमा समेत जानकारी गराईएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भ्रमणको क्रममा सहभागी विद्यार्थीहरूसंग जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी. र प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले अपराध र समाज लगायत समसामयिक विषयमा छलफल गर्नुभई विद्यार्थीहरूसंग अन्तर्कृया समेत गर्नु भएको थियो ।
कार्यक्रम दिनको १४:३० बजे शुरू भई १६:३० बजे समापन भएको थियो ।

कार्यक्रम आयोजना गरेकोमा बिद्यालयका शिक्षक तथा छात्र छात्राहरूबाट जिल्ला प्रहरी कार्यालय मोरङलाई धन्यवाद दिदै यस्ता प्रकृतिका कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर रूपमा हुने अपेक्षा व्यक्त गर्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश