CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा उच्च गर्मीको कारण जनजीवन प्रभावितः बिरामीको संख्या बढ्दै

फेटा GP PSA
1,742
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा ।  सिरहा जिल्लाको विभिन्न ठाउँहरुमा केही दिनदेखि बढेको गर्मी कारण जनजीवन प्रभावित बनेको छन । बिहानदेखि साँझसम्म चर्को घाम लाग्दा सिरहाको विभिन्न ठाउँहरुमा गर्मीको कारण सर्वसाधारणको दैनिक जिवन कष्ठकर बन्दै आएको छ । बिहानदेखि साँझसम्म चर्को घामको कारण घर ÷ पसलबाट निस्कनै नसक्ने अवस्था आएको सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.९ मा वस्ने करिव ४९ वर्षका संजय कुमार यादवले बताएका छन । गर्मीका कारण बजारमा मानिसहरुको चहलपहल कम भएको देखिन्छ । चर्को घामसँगै तातो हावा चल्दै जीवनयापनसमेत प्रभावित बनेका छन ।

सिरहा जिल्लामा ३४ देखि ४० डिग्री सेल्सियस् सम्म तापक्रम रहेकाले खुला ठाउँमा काम गरेर गुजारा गर्ने मजदुरहरुको जीवन अरुको भन्दा बढी कष्टकर बनेको कल्याणपुर नगरपालिका वडा नं.६ (चिकना)मा वस्ने करिव ३९ वर्षका प्रदिप कुमार साहले बताए । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीहरुको उपस्थिती घट्दो छ । वृद्धवृद्धा, मजदुर तथा बालबालिकाहरु समेत बढ्दो गर्मीबाट प्रभावित बनेका छन् । गर्मी बढेसंगै वृद्धवृद्धा तथा बालबालिकाहरु विरामी हुने क्रम समेत बढेको छ । फोहर तथा दुषित पानी, बासी तथा सडेगलेका खाना, लामखुट्टेको टोकाई, गर्मीमा पसिना बढि निस्कदा हुने पानीको कमीका कारण अहिले विरामी बढ्दै गएको प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

माथिकै समस्याहरुका कारण, झाडापखाला, हैजा, टाउको दुख्ने, बान्ता हुने, छालाको एलर्जीलगायतका संक्रमण हुने चिकित्सक हरूले बताए । गर्मीयाम बढ्दो छ, चिल्लो पिरो, तारेको तथा बासी सडेगलेका खाना नखानु उत्तम होला । प्रशस्त रुपमा सफा पानी पिउने, बढि गर्मी भए घरबाहिर ननिस्कने, बाध्यता नै भए छाता लिएर बाहिरजानुपछ प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताए । गर्मीकै कारण अहिले बिरामीहरुको संख्यामा समेत वृद्धि भएको छ ।त्यसै गरि ग्रामिण स्वास्थ्य चौकीहरूमा र निजी क्लिनिक सहित दर्जनौँ स्वास्थ्य संस्थामा गर्मीका कारण बिरामीहरुको चाप बढेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार झाडापखाला,एलर्जी, आखाँको समस्या, पेट दुख्ने लगायतका बिरामीहरु आउने गरेका छन् ।

Karaiya Mai Notice Winter

निजी अस्पतालहरुमा समेत बिरामीको संख्या बढेको चिकित्सकहरु बताउँछन् । गर्मीबाट बच्न आफु चनाखो बन्नुपर्ने चिकित्सकहरुको सुझाव छ । अत्याधिक गर्मी बढेपछि स्थानीय तहका पूर्वाधारका योजनाहरु समेत सुस्त गतिमा सञ्चालन भइरहेका छन् । गर्मीमा मजदुरले काम नगरेपछि बिहान बेलुकी मात्रै काम हुने गरेको प्राविधिकहरु बताउँछन् । मजदुरहरु दिउँसोको चर्को घाममा काम गर्न खोज्दैनन् बिहान र बेलुकी मात्र काम चल्छ कर्जन्हा नगरपालिकाका इन्जिनियर अरुन कुमार ठाकुरले बताए । त्यसै गरि प्रदेश नं.२ का ८ जिल्लाको जनजीवन कष्टकर बनेको छ । सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन कष्टकर बनेका छन ।

तातो हावा र चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन समेत कष्टकर बनको छ । प्रदेश नं.२ का जिल्लामा तापक्रम ३५ डिग्री सेल्सियस् भन्दा बढी पुगेको छ । गर्मी र घामले गर्दा तराईका मूख्य बजार क्षेत्रमा मानिसको चहलपहल कम भएको छ भने अस्पतालमा गर्मीका बिरामीहरु बढेका छन् । गर्मीका कारण विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि कतिपय विद्यालयले दिउँसोको पढाई बन्दगरि बिहानको पढाई सूचारु गरेका छन् । गर्मीले बालबालिका, वृद्धबृद्धा र अशक्त सबैभन्दा बढी प्रभावित भएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश