CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देवताल गापा प्रमुख लाई ज्ञापन, जनप्रतिनिधि बाट जनप्रतिनिधि नै असन्तुष्ट

फेटा GP PSA
4,943
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

देवताल गापा प्रमुख लाई ज्ञापन पत्र बुझाएका छन् । गापा प्रमुख उदय यादवको कार्यशैली बाट असन्तुष्टि जनाउदै जनप्रतिनिधिहरु ज्ञापनपत्रसमेत ध्यानाकर्षण गराएका छन्।जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष हुदा सम्म त्याहाका आम जानाताका लागि के के गारेका छौ भन्ने बारेमा प्रश्न उठिरहेको बारे हामि ज्ञापन कर्ता हरु आफै अन्यौलमा रहेको अवस्था ज्ञापनपत्र बाट अवगत गराएका छ्न। तपाइँ को नेतृत्वमा रहेको यो कार्यपालिकाले आम पालिका वाशी हरुका लागि खासै केहि पनि न गरेको कुरा महसुस भै रहेको संग संगै अधिकांस नागरिकहरुको पनि यहि बुझाइ रहेको ब्योहरा पत्रमा उल्लेख गरिएको हो। तपाइँ निर्वाचित भएर आए संगै हामि लगायत समस्त पालिका वासीहरुका मन मनमा नया नेतृत्वले हाम्रो दुख सुख को छाय बन्ने छ भनि सोचेका थिए तर आज दुखका साथ् भन्नु परेको छ कि पालिका वासी हरुका त्यो सपना आजको मिति सम्ममा पनि पुरा गरेको त् कुरै छोडौ महसुस पनि गराउन सकेका छैनौ भन्ने पत्रमा उल्लेख गरिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यो सबै हुनुमा तपाइँको मत्वपूर्ण एकल भूमिका रहेको कुरा यसै ज्ञापन पत्र मार्फत तपाइँ लाइ र पुरै जनता जनार्धन लाइ समेत जानकारी गराएका छन्। तसर्थ आगामी दिनमा फेरी बजेट बिनियोजन गर्ने दिन आइ सकेको छ, आगामी आ बा ०८१/०८२ को बजेट बिनियोजन गर्दा कसरि जनमुखी हुन्छ त्यो बाटो अवलम्बन गर्नुका साथै अब उप्रान्त आगामी आर्थिक बर्ष २०८१/०८२ को गाउ सभामा यस पालिकामा रहेका सम्पूर्ण राजनीतिक दलका प्रमुख वा प्रतिनिधि त्यसै गरि सात वटै वार्ड का भद्रभलादमी, बु‌द्धिजीवी शिक्षक तथा स्थानीय तहमा उमेदवार भए लगाएतका तमाम ब्यतित्वगन लाइ आमन्त्रित गरि गाउ सभा को उदघाटन गर्न ज्ञापनपत्र मार्फत सुझाएका छन्। तत पश्चात स्थानीय सरकार संचालन एन २०७४ तथा गाउ सभा संचालन सम्बधि प्रदेश सरकारले बनाएको कानुन बमोजिम विधिवत रुपमा वैधानिक तवरले कागजमा मात्र न भै ब्यवहारमा समेत बन्द सत्रमा ब्यापक छलफल गरि पालिका वासीको हक हितमा बजेट बिनियोजन कार्य हुनु पर्नेमा हाम्रो जोडदार मान्ग्ग रहनुका साथै तपसिल बमोजिमका हामा मांग हरु सात दिन भित्र सम्बोधन गर्नु हुन् आग्रह समेत पत्रमा उल्लेख गरिएको हो। यी मांग हरु लाइ समय मै पुरा नगरिएमा हामि ज्ञापन कर्ता हरु पालिका वासी लगायतकाले आन्दोलनमा जान बाध्य हुने पत्रमा चेतावनी दिदै आन्दोलन बाट हुने छतिको सम्पूर्ण जिम्मेवारी तपाई स्वय आफै हुने ब्योहरा समय मै यसै ज्ञापन पत्र मार्फत जानकारी गराउदछौ भनी उल्लेख गरेका छन्।

Karaiya Mai Notice Winter

हाम्रा मांग हरु :-

  1. आ. बा. ०७९/८० को अन्तिम लेखा परिक्षण दिने तथा सार्वजनिक गर्ने !

  2. २ पालिका भरि का कर्मचारी साथिहरु को तलबमा श्रम सोषण कार्य बन्द गरि पद तथा जिम्मेवारी अनुसारको उचित पारिश्रमिक दिने ।

  3. यस गाउपालिकाको कोष बाट तलब भता खाने गरि नियुक्ति हुनु भएका शिक्षक, बाल बिकास सहजकर्ता, लगाएत पुरै वार्डमा रहेका वार्ड कार्यालय स्वास्थ्य संस्था, पशु कार्यालय एव सो वार्ड मा अन्य कार्यालय वा संस्था रहेको छ भने सो देखि कार्यपालिकाको कार्यालयमा नियुक्त भै काम गरि रहनु भएका भान्से, पियन, माली, पुजारी इत्यादि लगाएत अधिकृत दर्जाका साथि हरु समेतका नाम, ठेगाना, पद, पाउने पारिश्रमिक समेतको विवरण उपलब्ध गराउने ।

  4. Conterjency को रकम विवरण दिने र सार्वजनिक गर्ने !

  5. बिबिध सिर्शक को रकम खर्च समेत को विवरण उपलब्ध गराउने !

  6. सवारी साधन हरु मा मर्मत तर्फ को खर्च विवरण उपलब्ध गराउने !

  7. हाल सम्म क करा लाइ आर्थिक सहयोग गरिएको छ रकम र नाम समेत उपलब्ध गराउने ।

  8. पेस्की तथा बेरुजु सम्बन्ध मा असुल उपर भएको रकम को विवरण तथा फरत समेत को विवरण उपलध गराउने ।

  9. पहिलो स्थानीय तह निर्वाचन अन्तर्गत निर्वाचित कार्यपालिका तथा दोस्रो कार्यपालिका ले गरेका निर्णय हरु को प्रमाणित प्रतिलिपि उपलब्ध गराउने ।

  10.  चालु आ बा मा बिधुत सम्बन्धि खरिद को विवरण उपलब्ध गराउने ।

  11. चालु आ बा को इन्धन खर्च दिने र सार्वजनिक गर्ने ।

  12. सवारी साधन को हकमा प्र.प्र.भ. ज्यू देखी सबै जना पालीकाको काम को लागि मात्र प्रयोग गर्ने र कानुन बिपरीत बुझेको सवारी साधन फिर्ता गराउने।

  13. वाड को बजेट कुन हिसाबले सिनिङ्‌ग पठाईएको हो सो को कानुन ब्यहरा जानकारी गराउने।

ज्ञापन कर्ताहरु वार्ड अध्यक्ष अरुण कुमार सिंह, नबन कुमार यादव, सुरेश प्र. साह, संजय कुमार, सत्येन्द्र प्र. यादव लगायतकाले ज्ञापनपत्र दिदै जिल्ला प्रशाषन कार्यालय बारा (कलैया) लाई बोधार्थ गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश