विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा एन्जीव फेडेरेशनको ६ वर्ष देखि चल्दै आएको विवाद अझै सुल्झिन सकेन

सिम्रौन्गढ़ नपा psa

बारा ।  बारामा एन्जीव फेडेरेशनको ६ वर्ष देखि चल्दै आएको विवाद अझै सुल्झिन सकेको छैन । केहि दिन पहिला देखि नै दुइ गुटमा चल्दै आएका विवाद समाधान गर्न केन्द्रीय समितिका प्रतिनिधि वरिष्ठ उपाध्यक्ष ध्रुवादेव, केन्द्रीय महासचिव रामप्रसाद सुवेदी, केन्द्रीय सदस्य रामचन्द्र साह, र प्रदेश २ का इन्चार्ज यादव सरकार आएका थिए तर विवाद सुल्झिन सकेको छैन ।

समिति बनाउनमा केन्दीय प्रतिनिधि हरु दवावमा राखेर आफ्नो मनपर्दो पदाधिकारी राख्ने कार्य गरेकोले आफु हरु बिरोध गरि बैठक बाट निस्केको असन्तुष्ट सदस्य वृजमोहन कुशवाहाले जनकारी गराए  केन्द्र बाट आएका प्रतिनिधि हरु र जिल्लाका केहि जनाले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सादा माइनेटमा सहि गराई आफ्नै मनले समितिमा प्रतिनिधि राख्ने गरेको हेरेर त्यसलाई मान्यता नदिइ बिरोध गर्दै बैठक बहिष्कार गरेको सदस्य ओम प्रकाश गिरीले जनकारी जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बैठक बाट निरमा चौधरी , मिना सिह , साजिर मसुर , किसमती राम , वृजमोहन कुशवाहा लगायत उपस्थित रहेका मध्ये आधि भन्दा बढि सदस्य हरुले बैठक बहिष्कार गरेको गिरीले जनकारी गराएका हुन् । बारामा रहेका शम्भु चौधरी र उतिमलाल चौरसीयाको दुइ पक्ष बीच विवाद भएको थियो । फेडेरेसनका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी संग सम्पर्क गर्दा बारा मा रहेका दुइटै गुट मिलाएर समिति बनाउदा मात्र समस्याको समाधान हुन्छ भन्ने कुरा जानकारी गराए। बारामा सक्रिय रहेका निरमा चौधरी असन्तुष्ट असन्तुस्ट भएकी छिन, यिनलाई केन्द्र बाट सन्तुष्टि गराउने महासचिव सुवेदीले जनकारी गराए ।

बारामा ६ वर्ष देखि उतिमलाल चौरसीया पक्ष र वृजमोहन कुशवाहा पक्ष बीचको समिति बनाउन कुरा मिलाउन नसकेकोले विवाद हुदै आइरहेको जानकार हरुको भनाइ रहेको छ । जिल्ला समन्वय समिति के सभा हलमा गत मङ्सिर १० गते भएको अधिवेशनमा कुरा मिलाउन नसके पछि एक सय ५४ सदस्य मध्ये २५ जनाको समिति, केन्द्रीय समितिको रोहबरमा समस्या समाधान गर्न निर्णय गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed