विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ३६ जनाको मृत्यु : (BBC)

सिम्रौन्गढ़ नपा psa

भारत ।

भारतको उत्तराखण्ड राज्यमा एउटा यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्। अधिकारीहरूका अनुसार उक्त बसमा ४४ जना सवार थिए। बस सोमवार बिहान अल्मोडा जिल्लाको मार्चुला भन्ने ठाउँमा अनियन्त्रित भई सडकबाट तल ५० मिटर गहिरो खोँचमा खसेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राज्य सरकारले उक्त घटनाको छानबिन गर्न आदेश दिएको छ। उक्त बस रामनगर जिल्लाका लागि प्रस्थान गरेको थियो। दुर्घटनास्थलमा खिचिएका तस्बिर र भिडिओमा एउटा पहाडको फेदमा क्षतिग्रस्त बस पल्टिएको देखिन्छ। कैयौँ यात्रुहरूको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्। थियो। उद्धारकार्य अझै चलिरहेको छ।

प्रायः तीव्र गतिमा र लापरबाहीपूर्वक सवारीसाधन चलाउँदा भारतमा प्रत्येक वर्ष झन्डै १ लाख ६० हजार मानिसको सडक दुर्घटनामा परेर मृत्यु हुन्छ। यो विश्वकै सर्वाधिक सङ्ख्या हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed