CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गोल्डेनले कुनै कुरुवालाई बन्धक नबनाएको

बन्धक बनाएको झुठो आरोप

फेटा GP PSA
1,577
सिम्रौन्गढ़ नपा psa

बिराटनगर २० जेठ । बिराटनगरको गोल्डेन अस्पतालले कुनै बिरामीको कुरुवालाई बन्धक बनाएको छैन ।
दुर्घटनामा घाइते भएर उपचाररत ४५ वर्षीय दुखन दासलाई हेर्न आएका भारतको बिहारस्थित मिल्कीडुमरियाका ३५ वर्षीय सत्यनारायण दासलाई बन्धक बनाइ राखिएको कुरा झुठो भएको पुष्टि भएको छ । बिरामीलाई हेर्न आएको सत्यनारायण दास बाहेक अन्य कोइ न रहेकोले रेखदेख गर्न भनी जान न दिएको अस्पतालले बताएको छ ।
अस्पतालका अनुसार बिरामीको आफन्त सबै भागेको हुनाले एकजना जिम्मेवार व्यक्तिको रुपमा सत्यनारायणलाई राखिएको हो ।
आफन्तको रुपमा अस्पतालले राखेको सत्यनारायणले स्वयम् आफुलाइ अस्पतालले बन्धक बनाएर न राखिएको बताए । उनले अस्पतालले आफुलाइ कतै जान आउन न दिएको भएता पनि बन्धक बनाएर न राखिएको बताए । बिरामीको आफ्नो सबै परिवार अस्पताल बाट भागेको हुनाले अस्पतालले आफुलाइ राखेको स्वीकार गरे ।
आर्थिक अवस्था कमजोर भएको परिवारले खोजखाज गरेर ५८ हजार रुपैयाँ पठाएको र बाँकी पैसा केही दिन भित्रमै तिर्ने तयारी गरेको उनको भनाइ छ ।
उपचार र औषधिमा लागेको सबै पैसा तिर्न भन्दा बन्धक बनाइ राखिएको भनेर झुठो कुरा फैलाएको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताको भनाइ छ । उनले यहाँ बिरामीको अरु कोइ नरहेकोले पैसा तिरन भन्दा बन्धक बनाइ राखेको झुठो खबर फैलाएको बताए । उनले बिरामीले तिर्न बाकी रहेको दुई लाख पचास हजारमा हामिले एक लाख छुट गरि मात्र एक लाख पचास हजार तिर्न भनेका छौ । उपचारमा लागेको पैसा बुझाउन परिवारका सदस्यले आलटाल गरिरहेको तर अस्पतालले कोही कसैलाई बन्धक नबनाएको उहाँको भनाइ छ । मेहताले सधै आज भोलि गर्दै पैसा तिर्न आलटाल गर्दै आएको उनको भनाइ छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश