विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दलगत गुट उपगुटका कारण गढिमाइको मेला ओझेलामा

सिम्रौन्गढ़ नपा psa

बारा, जेष्ठ २१।।  गढिमाइ सेवा समितिको उदघाटन सत्र सफल भए तापनि बन्द सत्र आज सम्म सफल हुन सकेको छैन । दोश्रो पटकको पनि बन्दसत्र गत सनिबार जेष्ट १८ भएको बैठकमा सफल हुन सकेको छैन । मेरो गुट ठुलो हो, भने घमण्डका कारण सफल हुन् नसकेको बिभिन्न जानकार हरुको भनाइ र बुझाइ रहेको छ। गढिमाइको मेला नजिकै जादा मेला व्यवस्थापनमा सबैले सहयोगारी आफ्नो धार्मिक तथा एतिहासिक स्थलको स्मित्ता जोगाउनुको साटोमा दुइ गुटको आ-आफ़ो स्वार्थका कारण मेला ओझेलमा परिरहेको सवसाधारण तथा जानकार हरुको बुझाइ रहेको छ ।

गढिमाइ सेवा समिति (ट्रष्ट) एउटा संस्था हो जुन दलगत, जातीय, धर्म आदि इत्यादि भावना बाट माथि उठेर कार्य गर्ने हो तर नेपालि कांग्रेस र राजपाको राजनीति अखाडा बनेको बार एसोसिएशनका पुर्व अध्यक्ष अधिवक्ता परमहंस केशरीको बुझाइ रहेको छ । हाम्रो नेपाल नै फोहरी राजनीति गर्ने हरुको फोहरी सोचको चपेटामा परि सखाप भैरहेको अवस्थामा पनि कसैको सद्बुद्धि हुन नसकी नेपालको नाम नै गुमनाम गर्नमा वास्त रहेको नागरिक समाजका अगुवा हरु प्रत्येक दिन बिहान बेलुका चिया चर्चा को बिषय बनाएका हुन्छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उद्घाटन सत्र र बन्द सत्रमा क-कसले केके कुरा गर्दै छन् भन्ने बारेमा सबैले प्रत्यक्ष रुपमा हेरी स्थानीयहरू बिचलि हुन् थालेका छन् कि यो राजनीतिक कर्ता हरु यो देशमा के गर्न लागेका छन् जहा धर्मको कार्यमा पनि भागवान संग पनि नडराइ बदनियत राखी फोहरी राजनीति गरिरहेका छन् । मंचमा नेपालि कांग्रेस का प्रतिनिधि तथा राजपाका प्रतिनिधि दुइटै लाई स्वागत गरेपनि सर्व साधारण लाइ कुनै वास्ता नराखी आफ्नो पक्षमा बस्ने हरुलाई मात्र स्वागत गरि बसाउने गरेको पनि टिपणी गरेका छन्। आफ्नो धार्मिक एवं एतिहासिक स्थल को बारेमा आस्था राख्ने स्थानीय हरुले उदघाटन सत्रमा जानेहरुले तिरस्कार महसुस गरेका छन्। त्यसमा पनि दुइटै गुटका व्यक्ति लाइ छुट्टा छुट्टै व्यक्तिगत भोट दिनलाई आस्वासन दिनेहरुलाई मात्र मंचमा स्थान पाएको बारेमा स्थानीय हरुले टिका टालो गरेका छन्। गढिमाइको जेठो बहिनि काटबासि माइको मेलामा पनि यस्तै बिभिन्न चलखेल गरि नगरले हस्तछेप गरि आफ्नो मातहतमा गरे जस्तै यसमा पनि त्यस्तै गर्न खोजेको स्थानिहरुको आरोप रहेको छ ।

गढिमाइ सेवा समिति (ट्रष्ट) मा नेपालि कांग्रेसले आफ्नो बर्चस्व कायम गर्ने सोचले प्रत्येक बैठकको शुचना प्राप्त गरि बैठकमा उपस्थित भए तापनि माइनटमा हस्ताक्षर नगरि बिमति जनाउर्दै आएको सर्व साधारणको बुझाइ रहेको छ । नेपालि कांग्रेसले सधै जनतालाई सोषण गर्दै आएकोले सामन्तबादी सोचले ग्रसित भएर मधेशका सब भन्दा पहिला अर्थ तन्त्र कम्जोर गर्न उधोगहरु बन्द गरे अब नया आर्थिक श्रोत बनाइ रहेको बेलामा गढिमाइ स्थल बिकासमा बाधक बनि मधेशमा रहेका हरेक कुरा लाइ राजनीतिक गरि नष्ट गर्ने भएकोले यस्तो भै रहेको स्थानीय हरुको आरोप रहेको छ, यदि यस्तो नभएको भए जो कोहिले बिकास गर्ने सोच ले यदि अगाडी बढि रहेका छन् भने आफु पनि विकास नै चाहेको भए अगाडी बढेकाले कुनै किसिमको अनियमितता नगरोस भनेर निगरानी गरे पुगी हाल्थ्यो भने बारेमा टिका टालो गर्दै कांग्रेस र राजपा दुइटैले आफ्नो पार्टीको चैत्र हत्या गरि रहेको स्थानीयहरुले आरोप लगाउन थालेका छन् ।

यति मात्र हैन वास्तविक रुपमा निस्वार्थ बिकास चाहेको भए किन बन्द सत्रमा दुइटै गुटले आ-आफ्नो भोज भतेर गरेर आ-आफ्ना कार्यकर्ता बनाउने कार्य गरेको बिभिन्न बुद्धिजीवी बर्गहरुको भनाइ रहेको छ। यसै सन्दर्भमा आम जनताहरुले गढिमाइ सित यस्ता फोहरी राजनीति गर्ने हरुको सदबुद्धिका लागि कामना गर्ने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed