CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुसहर समुदाय सिरहामा पुस्ता देखि खोलाको पानि पिउन बाध्य

फेटा GP PSA
1,896
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा,जेठ २१ ।  सिरहाको मिर्चैया नगरपालीका वडा नं.९ स्थित रहेको बतहा खोलाको पानि पिउन मुसहर समुदाय लाई बाध्यता रहेको छ । त्यही खोलाको किनारमा ६० घर परिवार मुसहर समुदायको बस्ति रहेको छ । यही बस्तिका २ सयको हाराहारीमा रहेका मुसहर समुदाय त्यही बताहा खोलाको धमिलो पानि पिउन बाध्यता रहेको छ । मुसहर समुदाय दलित समुदाय भित्र पनि बिपन्न वर्ग भित्र पर्छन् । शुद्ध पीउने पानीको सुविधा नहँुदा यहाँका मुसहर समुदायका पुस्ता देखि बताहा खोलाको पानिमा निर्भर छन् ।

बस्तिकै ७० वर्षिय विल्टु मुसहरले आफ्ना समुदायका पुस्ता देखि बताहा खोलाको फोहोर पानी खाँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो बाजेहरुले पनि यही खोलाको पानी पिउँथे अहिले मेरा नातीलाई पनि यही पानीको भर छ । मिर्चैया नगरपालीका वडा नं.९का करिब ३६ वर्षियका रामबाबु सदाले भने , धमिलो र फोहर खोलाको पानी पिउँदा हामीलाई धेरै पटक विभिन्न खालको स्वास्थ्य समस्या आई रहेको छ । वर्षाको वेलामा त खाने पानीको झनै समस्या हुने गरेको गाउँलेहरुले बताए । वर्षा भएपछि खोलामा धमिलो बाढी बग्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाढी रोकिएपछि किनारमा कुवा खनेर खानेपानीको गर्जो टार्नु पर्ने उनिहरुको बाध्यता छ । स्थानिय ४५ वर्षिय रामनारायण मुसहरले सुनाउनु भयो, ‘अविरल बर्षा हुँदा बाढी रोकिदैन, त्यतीबेला भने हामी पानीनै खान पाउँदैनौँ , धेरै प्यास लागे खोलाकै धमिलो पानी खान बाध्य हुन्छौँ । सिरहा क्षेत्र नं. ४ मा पर्ने यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहालले तत्कालिन दोस्रो सविंधानसभा सदस्यको चुनाव जित्नु भयएको थियो । स्थानिय निकायको चुनाव पछि सिहंदरवार गाउँमै आउँछ भनेर नेताहरुबाट सुनेका उहाँहरुलाई स्थानिय सरकारले समेत बेवास्ता गरेको छ । जुनसुकै व्यवस्था आएपनि हामी गरिबलाई कसैले हेरेन, पानी समेत शुद्ध खान पाएका छैनौं । ‘

हामी दलित नेताको भोट बैकं मात्र भयौँ , स्थानिय सरकारबाट हामी दलितले सामान्य सुविधा पनि पाउन सकिरहेका छैनौं’, विल्टु मुसहरले दुखेसो पोख्दै भयो । यहाँका दलितहरुले स्थानिय नेताहरुलाई पानीको लागि पटक पटक गुहारे पनि कुनै सुनवाई भएको छैन । दलितका नाममा खुलेका दर्जनौ सघँसँस्थाले पनि उनिहरुको समस्यामा ध्यान दिएका छैनन् । गाउँका सबैजसो अरुकोमा ज्याला मजदुरी गरेर दैनिक गर्जो टार्ने गर्छन् । ज्यालामजदुरीले जीविका चलाईरहेका उनिहरु आफ्नै प्रयासले खाने पानीको जोहो गर्न सक्दैनन् । ‘

पानीको लागि इनार (कुवा), धारा बनाउन धेरै रकम खर्चिनु पर्ने भएकोले हाम्रो बुताले भ्याउँदैन, अरु कसैले बनाई पनि दिएनन,’ रामबाु सदायले भन्नुभयो । यो बारे मा कुरा गर्दा मिर्चैया नगरपालिका ९ वडाध्यक्ष मोहन पोखरेलले आफूसँग ठूलो बजेट नभएकोले यहाँका दलित समुदायको खानेपानीको ब्यवस्थागर्न नसकेको स्विकारे । वडाध्यक्ष पोखरेलले भन्नुभयो, ६० घर दलितलाई खानेपानीको प्रवन्ध मिलाउन बजेट धेरै चाहिने भएकाले नगरसँग गुहार मागेपनि कुनै सुनवाई भएको छैन । थोरै बजेटले त्यहाँको पानीको समस्या समाधान गर्नौ सकिन्न ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश