विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा प्रहरी द्वारा बिभिन्न अबैध सामानहरु बरामद

सिम्रौन्गढ़ नपा psa

बीरगंज  //   जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय पर्साबाट खटिएको टोलीले बिभिन्न सरसामान हरु बरामद गरेका छन् ! गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न गएको टोलीले सरसामान हरु बरामद गरको जिप्रका पर्साले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ !

खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिकाको बिभिन्न स्थानमा प्रहरी टोलीलाई देखी वेवारिसे अवस्थामा फाली भगेको जनाइएको छ ! थानको कपडा ३ थान, कुर्ता सुरुवाल ९ थान, फिटकिरी १ किलो, हिमगंगे तेल १ पोका, दालमुठ ७ प्याकेट, हाईड्रो १० पिस, गुल ६ प्याकेट, वेसार धुलो १५ किलो, खुर्सानी धुलो १५ किलो, अन्डर वेयर १०२ पिस, सर्ट पाईन्ट १२ थान, लेडिज लहङ्गा ३ थान, साडी २ थान, सेन्डो २६ पिस र मरिच १ बोरा समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी बीरगंज भंसार कार्यालय बुझाएको जनाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस्तै हिजो साझ अन्दाजी ५.४० बजे खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि.पर्सा बी.म.न.पा.वडा नं.१५ अलौ स्थितबाट अ.३० के.जी.सुर्ती बरामद गरी आवश्यक अनुसन्धान भइरहेको जनैएको छ ।

त्यस्तै राति करिब ९ बजेको समयमा हरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलीले जि।पर्सा बी।म।न।पा।वडा नं।(१४ गण्डक चेकपोष्ट स्थितबाट पापड २५ पोका अ.रु.७५,०००।– बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएको जनाइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed