विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा बिशेष सुचनाको आधारमा कस्तुरी सहित दुई पक्राउ

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

गणेश कुमार शर्मा
सिरहा,असार १ गते । सिरहा नगरपालिकाबाट कस्तुरी विना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका गस्तीटोलीले बिशेष सुचनाको आधारमा सिरहा नगरपालिका वडा नं.१६ स्थित चन्द्र नारायण मेमोरियल अस्पताल सार्वजानिक बाटोमा पक्राउ गरेका छन् ।
माडरबाट सिरहा बजार तर्फ आउदै गरेको ना.२२प.८००४ नंको मोटरसाईकल र द्यच्ण्ठश् घघद्दण् नं.को भारतिय पल्सर मोटरसाईकलाई शंका लागी चेकजाँच गर्ने क्रममा सिरहा नगरपालिका वडा नं. २१ बस्ने कैलाश कुमार यादव र सिरहा नगरपालिका वडा नं.१३ बस्ने बर्ष २८ को अभासकर कुमार यादवको साथबाट शंकास्पद कस्तुरीको बिना जस्तो देखिने बस्तु तौल १२ (बाह्र) ग्राम समेत फेला पारेको, आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय सिरहा,लहान पठाईएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिल राज बोहरनले जनाएको छ । पक्राउ परेका यादबलाई आवश्यक अनुसंधान गरी वन ऐन अनुसार वन्यजन्तु चोरी सिकारी मुद्दा चलाउने डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed