विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ईन्सपेक्टर कार्कीको कारण सिरहा बासीले ठूलो क्षतिबाट बाचे

सिम्रौन्गढ़ नपा psa

 

गणेश कुमार शर्मा
सिरहा,असार ३० गते । लगातार चार दिनको वर्षाले कमला नदिमा पानीको बहाब र पानीको तिब्रता वढे पछि छेउ छाउका दजर्नौ गाउँहरुमा कमलाको बाढी पसेको हो । बाढी गाउँमा पस्न थालेपछि रोक्नका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक (ईन्सपेक्टर) पुरुसोत्तम कार्कीको कमाण्डमा खटिएका टोलीले प्लाष्टिकको बोरामा माटो हालेर पानी बन्द गराउने काम गरिरहेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक (ईन्सपेक्टर) पुरुषोत्तम कार्कीको कारण सिरहा बासिले ठूलो क्षतिबाट बचेका स्थानिय समाजसेवी प्रदिप कुमार साहले बताएका छन । लगातार चार दिन देखि भएको अविरल वर्षाले कमला नदीमा पानीको बहाव बढ्दै गएको छ । समाजसेवी प्रदिप साहका अनुसार कमला नदीमा बाढी अएकोले गाउँ गाउँ मा पानि पस्न थालेको हो ।
बाढीबाट त्रसित स्थानीयले प्रहरीलाई खबर गरेपछि कमलाको पानी आउने मुहान प्लाष्टिक बोरामा माटो हालेर पुर्ने कार्य गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक (ईन्सपेक्टर) पुरुषोत्तम कार्कीले बताए ।

त्यसै गरि सिरहा जिल्लामा बर्षाका कारण अधिकांश नगरपालिका÷गाउँपालिकामा जलमग्न भएका छन ।अविरल बर्षाका कारण सिरहाका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेको छ । साथै यो विपदको वेला कुनै समस्या परेमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा सम्र्पक गर्नु हुन अनुरोध गरेका हुन ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed