CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाढी पिडीतको पुनस्र्थापना लागी सिडीओलाई लिएर सांसद यादव पुगे पिडितको घर दैलोमा

फेटा GP PSA
780
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज ।।

हरेक वर्ष प्राकृतीक विपदाको रुपमा बाढीले प्रभाव पार्ने क्षेत्रहरुको पहिचान गरि त्यसको दिर्घकालीन रुपमा समस्याको सामाधान गर्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले विषेश पहल थाल्नु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समाज वादी पार्टी नेपालका युवा नेता एवम संघिय सांसद यादवले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई संगै लिएर बाढीले प्रभावीत भएका क्षेत्रहरुको अवलोकन सहित समस्या समाधानका लागी पिडितहरु संग भेटघाट एवम छलफल गर्नु भएको हो ।

Karaiya Mai Notice Winter

लगातारको अविरल वर्षाका कारण आएको बाढीले सब भन्दा बढी वीरगञ्ज महानगरपालीकाको लालपर्सा, बेलवा, प्रसोतीपुर, कटगेनवा लगाएतका गाउहरुमा ठुलो क्षती पुर्याएको स्थानीयहरुले सांसद यादव र प्रजिअ भटराई समक्ष् आफना गुनासाहरु सुनाए ।

गाउको छेउबाटै बग्ने भेडाहा खोलाले बाटो परिवर्तन गर्दा हजारौ विगाहामा लगाइएको धान बाली नष्ट भएको स्थानीय जितेन्द्र यादवले सांसद यादव र प्रजिअ भटराई समक्ष् दुखेसो पोखे । हरेक वर्ष वर्षायाममा यही दुख झेल्नु परेको समस्या सुनाउदै स्थानीयहरुले यस्को निराकरणका लागी गम्भीरतापुर्वक लिएर समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

मिलन चौक भएर बग्ने भेडाहा खोलाले बाटो परिवर्तन गरेर कटगेनवा,बेलवा,प्रसोतीपुर र लालपर्सामा ठुलो क्षती पुर्याउने गरेको छ यस्को समाधानका लागी नदिलाई नियन्त्रण गर्न स्थानीयले सुझाव दिए । स्थानीयहरुको समस्या बारे जानकारी लिदै सांसद यादवले यस ठाउलाई बाढीको प्रभावबाट बचाउन आफुले कुनै कसर बाकी नराख्ने बताउनु भयो ।

बाढिको प्रकोपबाट बचाउन नंदि नियंत्रण ,बाँधहरुको व्यस्थापन र राहत सहयोग तत्काल यहाहरु समक्ष् पुर्याउन पर्साका प्रमुख जिल्ला अधिकारी भटराईको ध्यानाकर्षण गराउनु भयो । स्थानीयहरुको समस्या सुन्दै प्रजिअ भटराईले बाढीले क्षती पुर्याउने भेडाहा नदीको नियन्त्रणका लागी सर्वे खटाएर छिटै यस्को समाधान गर्ने बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश