विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पशुबलि बिरुद्ध शान्तिपूर्ण पद यात्रा कलैया नगर भरि

सिम्रौन्गढ़ नपा psa

बारा ।।

पशुबलि बिरुद्ध शान्तिपूर्ण पद यात्रा कलैया नगर भरि गरिएको हो । मानव सर्व श्रेष्ठ प्राणी भए तापनि मानवताको गुणनै नराखी अन्धविश्वासमा परि अर्को जीवलाई बलि दिने गरेको बिरुद्धमा बारा जिल्लाको सदरमुकाम कलैयामा शान्ति पद यात्रा गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैयाको भारत चौक नजिक रहेको देवकी लाल धर्मशाला बाट शान्ति पदयात्रा सुरु भाइ बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगी मोतिबाग परिक्रमा गर्दै पुन: भारत चौकमा पुगी यात्रा सम्मपन्न भएको थियो । करिब ३०० जनाको सहभागितामा शान्ति पदयात्रा अरिएको थियो ।

दलित एवं पिछडिएका वर्गका व्यक्तिले नै बढी भाकल गर्ने गरेकोले दलित एवं पिछडिएका समुदायलाई सहभागी गराई शान्ति पदयात्रा गरिएको जनाइएको छ ।  शान्ति पदयात्रामा सहभागीहरुले बिभिन्न नारा लेखिएका प्ले कार्ड सहित यात्रा गरिएको थियो । म लाइ बाच्न देउ, पशुबलि बन्द गरौ जस्ता नारा हरु लेखिएको थियो ।  

Karaiya Mai Notice Winter

पशुबली सम्बन्धि विभिन्न बक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए । राधा देवी सह, क्रिश्मति राम एवम पुर्वराज्य मन्त्रि पासवानले पशुबलि सम्बन्धमा धारणा राख्ने क्रममा सर्व श्रेष्ठ मानवले कसरि सर्व श्रेष्ठता अन्धविश्वासमा ओरि गुमाएको हुन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

बारा महिला बिकास मंचका अध्यक्ष एवं पुर्वराज्य मन्त्रि कलावती पासवानको नेतृत्वमा उक्त शान्ति पदयात्रा गरिएको थियो । पशु अधिकार सम्बन्धि काम गर्ने पशु कल्याण संघको सहयोग तथा बारा महिला बिकास मंचको आयोजनामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा पशु कल्याण संघका अध्यक्ष एवं स्नेहाज केयरका फाउन्दर एण्ड डायरेक्टर स्नेह श्रेष्ठ, कार्यकारी निर्देशक कपिल काफ्ले, महासचिव निवेश श्रेष्ठ लगायतको विशेष सहभागिता रहेको थियो ।   

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed