विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धानुक सेवा समाजद्वारा बाढिपिडितलाई राहत

सिम्रौन्गढ़ नपा psa
सिरहा,८ साउन । 
सिरहा नगरपालिका ६ र १२ का बाढिपिडितलाई नेपाली धानुक सेवा समाज दोहा कतारले राहत वितरण गरेका छन् । सिनपा वडा नं.६ का ७ र १२ का २८ घरपरिवारलाई राहत वितरण गरेका हुन् । १० किलो चामल, १ किलो दाल, ५ सय ग्राम तेल, १ किलो नमक, सुत्नका लागि म्याट्रेस १ थान, सलाई १ पीका दरले प्रत्येक परिवारलाई वितरण गरिएको समाजका अध्यक्ष जयराम मण्डलले बताए । ‘सबै सामग्रीलाई प्याकेज बनाएर वितरण गरेका छौं,’उनले भने ।
बाढिबाट कुनै वर्ग पिडित भएको छ भने सबैभन्दा बडि पिडामा महिलाहरु रहेको समाजसेवी शोभा मण्डलले बताए । महिला लक्षित राहत विरतरण कार्यलाई प्राथमिकता दिन उनले सरोकारवालाहरुसँग आग्रह गरिन । ‘बाढि जस्तो विपद्को यो घडीमा नेपालको विभिन्न जिल्लामा स्थलगत निरिक्षण गरिरहेका छौं,’ समाजका अध्यक्षले भने,‘निरिक्षणबाट आएको अर्थात तथ्यांकलाई केलाएर सबैभन्दा बढि जोखिममा रहेका ठाउँका बासिन्दालाई केन्द्रित गरेर राहत प्याकेज वितरण प्रक्रिया अगाडि बढाउने गरेको छु ।’
नेपाली युवाहरुको अथक प्रयास र परिश्रमबाट चल्दै आएको यो संस्थाले आफ्नो क्षमता अनुसार राहत वितरण गर्नुका साथै राहत वितरण तथा अन्य बन्दोवस्तीका लागि अरु गैरसरकारी संस्थाहरुसँग सहकार्य पनि थालेको उनले थपे । राहत विरण कार्यक्रममा डोमी मण्डल, लक्ष्मी मण्ड, जगतलाल मण्डल, ज्ञानेन्द्र मण्डल, कासिन्द्र मण्डल, राजेन्द्र मण्डल लगायत स्थानीय युवा, बुद्धिजीवी र पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
गएको केही हप्ता अघि अविरल वर्षासँगै आएको बाढिले जिल्लाको विभिन्न स्थानसँगै सिरहा नगरपालिका ६ र १२ नं.वडामा विषेश क्षति पु¥याएको थियो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed