विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तराईका भूभागमा भारी वर्षाको संभावना

सिम्रौन्गढ़ नपा psa

काठमाडौ : आज तराईका भूभागमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहीबार विशेषगरी पूर्वी र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।

‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू भाग हुँदै दक्षिणतिर गर्दै गएको छ,’ अर्याले नेपालखबरसँग भने, ‘आजदेखि पहाडी क्षेत्रमा पानी पर्ने क्रम घट्दै गएपनि तराई भू(भागमा भने भारी वर्षा हुनसक्छ।’ पानी पार्ने प्रणाली पहाडी क्षेत्रमा निस्क्रिय हुन थालेकाले पहाडी क्षेत्रमा भने हिजो(अस्तीको जस्तो आज भारी वर्षाको सम्भावना छैन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तर, प्रणाली सक्रिय नभए पनि पहाडी भू(भागमा पनि सानोतिनो पानी भने पर्न सक्ने उनले बताए । अहिले देशका सबैजसो भू(भागमा सामान्य बदली छ। यतिबेला पूर्वी र मध्यपश्चिम तराईमा भने पानी परिरहेको छ । तराईमा भारी वर्षाको सम्भावना हरेकाले बाढी र डुबानको जोखिम भने आज पनि कायमै रहने अर्यालले बताए ।

महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

श्रावण ९ गते (बिहीबार)

दिउँसो स् देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

Karaiya Mai Notice Winter

राति स् देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

श्रावण १० गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

श्रावण ११ गते शनीबार

दिउँसोः  देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

रातीः देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed