CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रमुख मुनेन्द्रर ठाकुरको कारण वीरगन्जमा अघोषित लोडसेडिङ्ग

फेटा GP PSA
681
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,८ भदौं –  सरकारले नेपाललाई लोड सेडिङ्ग मुक्त भनेर घोषणा गरेको दुई बर्ष भन्दा बढी भईसकेको छ । तर वीरगन्जमा अवस्थ अहिले पनि फेरिएको छैन् । वीरगन्जवासी प्रचण्ड गर्मीमा पटक पटक लाई कटेर हैरान तथा वाक दिक्क छन् । प्रविधिक समस्या भन्दै वीरगन्ज वितरण केन्द्रले पटक पटक गरी २४ घण्टामा दर्जनौ पटक लाईन काटने गरेको छ ।
विधुत प्राधिकरण वीरगन्ज विरतण केन्द्रका प्रमुख मुनेन्द्र ठाकुर पनि गफाडी हुदै गएको वीरगन्जवासीको आरोप छ ।

समस्या प्राधिकणकै कर्मचारीहरुको रहेको भए पनि ठाकुर पछिन्दै आएका छन् । प्रमुख ठाकुरसँग जहिले बुझदा पनि १५ दिन भित्रमा समस्या समाधान हुने दावी गर्दछन् । तर त्यो ५ दिन कहिले देखि शुरु हुने हो थाह छैन् । वीरगंजमा क्षमता भन्दा बढी विद्युतको माग भएको र ओभरलोड हुँदा ट्रान्सफर्मरले धान्न नसक्दा पटक पटक लाईन जाने गरेको उनी बताउँछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ठाकुरले हाल वीरगंज नगर क्षेत्र भित्र २२ वटा ट्रान्सफर्मर थप्ने काम भई रहेको बताउदै १७ वटाको काम सकिएको र ५ वटा ट्रान्सफर्मर जडानको काम बाँकी रहेको वताएको पनि महिनौ भइसक्यो । तर पनि समस्या उस्तै छ । विधुत प्राधिकरण वीरगन्ज केन्द्रमा कम्पलेन गर्न जादा ठाकुरले खाली बिभन्न कम्पनीहरुको डाटा देखाएर यहि पैसा कलेक्शन गरेको उति कलेक्शन गरी रहेको वक्यौता उठाइरहेको गफ दिने गरेको छन् ।

तर काम भने जिरो रहेको छ । प्राधिकरणकै कर्मचारीहरुका अनुसार समस्या हाकिममै रहेको वताइएको छ । विना कारण कहिले काहिले काही त पछिल्लो समयमा वीरगन्जमा रातभरी लाईन जानेको गरेको छ । गएकको केहि दिन अगाडी पुरै वीरगन्ज सिटीको लाईन सपलाई रातभरीको लागि कम गरिएको थियो ।

लाईन नहुदा मानिस दैनिक जिवनमा निकै कठनाई हुने गरेको तथा गर्मीमा वृद्ध,वालवालिका तथा गर्भवती महिलाहरुलाई वढी समस्या हुने गरेको छ । प्राधिकरणको रवैयाका कारण वीरगन्जका केहि उद्योगहरुले आफै हाईड्रोपालान्टबाट विद्युत उत्पाद शुरु गरी रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश