विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा

सिम्रौन्गढ़ नपा psa

नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले एसिड आक्रमणमा घाइते वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

karaiya holi 2082

काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छात्रा खातुनलाई भेटेर अध्यक्ष राउतले उपचारका लागि १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । उनले विभिन्न संघसंस्था र व्यापारीबाट समेत चन्दा उठाउनुका साथै पार्टीबाट समेत केहि रकम थपेर १० लाख सहयोग गर्ने बताएका छन् । १० दिनभित्रै सहयोग रकम हस्तान्तरण गर्ने समेत उनले जनाए । उनले एसिड आक्रमण गर्नेलाई आजिवन कैद सजाय गर्न समेत माग गरेका छन् ।

घटनाको विहानपल्टै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खातुनको उपचार्थ ५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । अहिले खातुनको अवस्था केहि सुधार भएको बताइएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed