विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दुवादी सशत्र उठाउने दिए चेतावनी, भारत वर्षे महाभारत अब नेपालमा हुने संकेत : विजय प्रकाश निषाद

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।।

बीरगंजमा हिन्दुवादीहरुले गौ” हत्या महापाप निवारण तर्पण यज्ञ कार्यक्रममा उतेजित हुदै अस्त्र सशत्र उठाउने कुरा गरेका छन्  । आज भन्दा करिब दुइ हप्ता अगाडी सुर्खेतको कटकुवा जंगलमा गौ” हत्या गरिएको थियो । गौ हत्या गर्नु महापापहो भन्दै एक यज्ञ कार्यक्रमको आयोजना गरि विधिवत पितृ शोकको तर्पण गरे झैँ तर्पण गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गौ” भनेको हाम्रो राष्ट्रिय जनावर हो, त्यसमा पनि हिन्दु धर्म अनुसार गौ” लाइ माता मान्ने गरिन्छ र त्यसलाई हत्या गर्नु भनेको राष्ट्रको राष्ट्रियता संग खेलावाल गर्नु हो र सिंगो हिन्दु धर्म माथि कुठाराघात प्रहार गरेको भदै हिन्दु वादीहरुले असाध्यै आक्रोसित हुदै प्रतिकारमा उत्रिने प्रमुख अतिथि रहेका नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सलाहकार ज्योतिष सम्राट पण्डित  प्रुशोतम दुवेले चेतावनी समेत दिएका छन् ।

Karaiya Mai Notice Winter

यस्तो जघन्य अपराधमा पनि सरकारले चुपलागेर बसेको भन्दै हिन्दुवादीहरुले झन् आक्रोसित हुदै सरकारको रवैयाले सरकार माथि खनिएका थिए । जो कोहिले यदि यस्तो घटना दोहार्र्यायो र सरकारले पनि त्यसमा चुप लागेर बसे भने हामि चुप लागेर अब बस्ने छैनौ सिधा अस्त्र सशत्र उठाउने समेत दुबेले चेतावनी दिएका छन् ।

सरकारले पनि हिन्दुवादीहरुको हिन्दुत्व समाप्त गर्ने खेलमा लागेको आरोप लगाउदै एकलौटी रुपले हिडेकोमा हाम्रो  पूर्ण ध्यान आकृष्ट भएको र अब पनि सरकारले आफ्नो रवैया यसतै राखी रहयो भने भारत वर्षे महाभारत नेपालमा हुन सक्ने र त्यसको क्षतिपूर्ति नेपाल सरकाले बेहोर्नु पर्ने समेत विशिष्ट अतिथि संघका बरिष्ट उपाध्यक्ष विजय प्रकास निषादले आफ्नो धर्ना राख्ने क्रममा यस्तो चेतावनी दिएका छन् ।

नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचिव अविशेख तिवारीले संचालन गरिरहेका तर्पण कार्यक्रम रामायोध्या प्रसाद महतोको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा विभिन्न ठाउका साधुसन्त स्थानीय एवं हिन्दुत्व प्रति आस्था राख्ने हरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed