विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना , २ जनाको ज्यान गयो

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु
भदौ २९ –

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुंदा २ जनाको ज्यान गएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ बुङची चोक स्थित कोपवा जाने मोडमा ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना घाइते भएका छन्।

Prasauni holi 2082
karaiya holi 2082

ट्रयाक्टर चालक वाणगंगा नगरपालिका वडा नम्बर १, उप्टहवा निवासी ३५ वर्षीय रामु थारु र सोहि ठाउँका १५ वर्षीय रन्जित बोटे माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका ३ जनालाई बुटवल रिफर गरिएको छ भने अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

चार नम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर बुङची–कोपवा सडकखण्ड अन्र्तगत बुङचीचोकमा शनिबार राति अनियन्त्रित भई बाटोभन्दा तल पल्टिएको थियो।

तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed