विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संसदमा राजेन्द्र महतोको आक्रोश : ‘भोलि दीपावली होइन, ब्ल्याक आउट हुन्छ’

सिम्रौन्गढ़ नपा psa

काठमाडौं — राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालमा सबै नागरिकले संविधान दिवस मनाउने अवस्था नरहेको बताएका छन्। उनले राष्ट्रिय पर्वको रुपमा लिइने संविधान दिवस सबैले मनाउन पाउनुपर्ने माग गरे।

बिहीवारको संसदमा बोल्दै उनले भने, ‘चार वर्ष बितिसक्यो। सबै नागरिकले उत्साहपूर्वक संविधान दिवस मनाउने अवसर नै आएन, परिस्थिति नै बन्दैन। के हो यो? आफ्नै हातले आफ्नै पीठ थपथपाउने? बडा राम्रो संबिधान बनाएको छु भन्ने?’

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उनले थपे, ‘सभामुख महोदय, भोली दिपावली मनाउने रे, उर्दी जारी भएको छ सरकारको। हो? भोली दीपावली मनाइन्छ? देशभरी सबैले मनाउँछ त?’

सरकारले संविधान दिवस मनाउने अवस्थामा नरहेको उनले बताए।

Karaiya Mai Notice Winter

उनले भने, ‘भोलि दीपावली हुने होइन, ब्ल्याक आउट हुने हो। ७० प्रतिशत जनताले ब्लाक आउट गर्ने हो। देशको मधेशी, थारुले गर्छ।’

उनले सरकारले जनतालाई महत्व नदिएको आरोप लगाए। सरकारले नै संविधान दिवस नमनाएपछि सरकारमाथी बैधानिकताको प्रश्न उठ्ने उनले बताए।

महतोले संविधान मूलुकको दस्ताबेज भएको भन्दै मजाक गर्नु नहुने बताए। संविधान सबैको लागि हुनुपर्ने उनको भनाइ थियो।

उनले संविधान संशोधन गरेर सबैले मनाउने दिवस बनाउन पनि आग्रह गरे। महतोले लामो संघर्षबाट आएको संविधानको विरुद्धमा सरकारले नै काम गरिरहेको आरोप समेत लगाए। सरकार नै संघीयता कमजोर पार्ने काम गरेको उनको भनाइ छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed